एमालेका सांसद कोइरीको विषयमा संसदमा विवाद, बैठक आधा घण्टाका लागि स्थगित – Nepal Press

एमालेका सांसद कोइरीको विषयमा संसदमा विवाद, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको विषयमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सांसद कोइरी बिरामी भएको सुचना सभामुख देवराज घिमिरेले पढेर सुनाएपछि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

उनी लगातार २१ औं बैठकमा अनुपस्थित छन् । एमालेबाहेक सबै दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक आधि घण्टाको लागि बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर