फेरि ६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, २१ अर्ब १० करोड नवीकरण गर्ने
काठमाडौं । सरकारले आइतबार फेरि आन्तरिक ऋण उठाउँदै छ । नयाँ ६ अर्ब र पुरानो २१ अर्ब १० करोड रुपैयाँ ऋणको नवीकरण गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोलमार्फत ३ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोलमार्फत ३ अर्ब गरी ६ अर्ब आन्तरिक ऋण परिचालन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
नवीकरण गर्न लागिएको आन्तरिक ऋणमध्ये २८ दिन अवधिको ट्रेजरी बिल ४ अर्ब रुपैयाँ बराबरको रहेको छ । त्यस्तै ९१ दिन अवधिको ट्रेजरी बिल ५ अर्ब १० करोडको, १८२ दिन अवधिको ट्रेजरी बिल १० अर्बको र ३६४ दिन अवधिको २ अर्बको ट्रेजरी बिल नवीकरण हुदैछ । सरकारले ट्रेजरी विलमार्फत थप ऋण उठाउँन लागेको हो ।