नेपालले टस हार्‍यो, पहिला फिल्डिङ गर्दै कुवेत – Nepal Press

नेपालले टस हार्‍यो, पहिला फिल्डिङ गर्दै कुवेत

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरुहुने खेलमा टस जितेको कुवेतले पहिला फिल्डिङ रोजेको हो ।

सेमिफाइनल खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ । गुलसन झा लाई बेन्चमा राख्दै तीव्र गतिका बलर करण केसीलाई प्लेइङ ११मा समावेश गरेको छ । आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ ।

आजको खेलमा नेपालले कुवेतलाई हराए फाइनलमा ओमान अथवा यूएईसँग खेल्नेछ ।

समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । तेस्रो खेलमा साउदी अरबसँग अंक बाँडेपनि नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको थियो । समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह ए को विजेता बनेको थियो ।

वैशाख ५ देखि सुरु भएको प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको थियो । प्रतियोगितामा हरेका ५ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो । र, समूहका शिर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा यूएईविरुद्ध ओमानले टस जितेर फिल्डिङ रोजेको छ ।

नेपालको प्लेइङ ११ः

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *