रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै – Nepal Press

रास्वपा संसदीय दल र केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार बिहान ११ बजेका लागि केन्द्रीय समिति र दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

बैठकले दलको नेता चयन गर्नेछ ।

शनिवार डीपी अर्यालले दलको नेताबाट राजीनामा दिएका थिए ।

यस्तै बैठकमा सरकारमा सहभागी हुने/नहुने विषयमा पनि छलफल हुने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर