यस वर्ष ७ सचिव र ६२ सहसचिवसहित १७ सय कर्मचारीले अवकाश पाए (सूचीसहित) – Nepal Press

यस वर्ष ७ सचिव र ६२ सहसचिवसहित १७ सय कर्मचारीले अवकाश पाए (सूचीसहित)

३ सचिव २६ सहसचिवसहित ४९७ कर्मचारीले असार मसान्तसम्म अवकाश पाउने

काठमाडौं । चालू आर्थिक वर्षमा विशिष्ट श्रेणी अर्थात् सचिव १० जना सहित दुई हजार दुई सय नौ सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् ।अवकाश पाउनेमा सहसचिव ८८ जना रहेका राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।

शुक्रवारसम्म ७ जना सचिव र ६२ जना सहसचिवसहित विभिन्न सेवाका एक हजार ७१२ जनाले अनिवार्य अवकाश पाइसकेका छन् । यस्तै आगामी असार मसान्तसम्म ३ जना सचिव र २६ जना सहसचिवसहित ४९७ जनाले अनिवार्य अवकाश पाउँदैछन् ।

राष्ट्रिय किताबखाना (निजामती)का अनुसार प्रशासन सेवाका सचिव सचिव महेश्वर न्यौपाने र लेखा परीक्षण सेवाका सचिव एवम् महालेखापरीक्षकको कार्यालयका उपमहालेखा परीक्षक रामुप्रसाद डोटेल चालू आर्थिक वर्षको सुरुमा नै गत साउन १२ गते अनिवार्य अवकाशमा गएका थिए । प्रशासन सेवाका सचिव लक्ष्मण अर्यालले पनि गत साउन १९ गते नै अवकाश पाए ।

इन्जियिनरिङ सेवामा सचिव सागरकुमार राई गत कात्तिक ९ गते र इन्जिनियरिङ सेवाकै सचिव डा.रमेशप्रसाद सिंह गत मंसिर ८ गते अनिवार्य अवकाशमा गएका छन् । यस्तै वन सेवाका सचिव पेमनारायण कँडेल गत मंसिर १४ गते, न्याय सेवाका सचिव कृष्णजिवि घिमिरे गत माघ २२ गते सेवा निवृत्त भए ।

आगामी असार ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका प्रशासन सेवाका सचिव डा. वैकुण्ठ अर्याल र असार ४ गते राष्ट्रपति कार्यालयका सचिव यादवप्रसाद कोइराला पनि अनिवार्य अवकाशमा जाँदैछन् । यस्तै राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख प्रशासन सेवाका सचिव रामप्रसाद थपलिया पनि आगामी असार २४ गते अनिवार्य अवकाशमा जाँदैछन् ।

चालू आर्थिक वर्ष २०७९–०८० मा अनिवार्य अवकाश पाउनेको सूचीमा सहसचिव मात्रै ८८ जना रहेका राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । किताबखानाको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा अहिलेसम्म १० महिनाको अवधिमा सबै सेवाका गरेर ६२ जना सहसचिवले अनिवार्य अवकाश पाइसकेका छन् ।

अहिलेसम्म अनिवार्य अवकाश पाउने सहसचिवहरू

सहदेवबहादुर भण्डारी, रामकिशुन गिरी, नारायण मरासिनी, दीपककुमार खड्का, सूर्यप्रसाद भुसाल, महेन्द्रकुमार बोहरा, सोमराज तिमिल्सिना, श्यामसुन्दर यादव, प्रेमलाल लामिछाने, जीवलाल लम्साल, हरिनारायण यादव, पुकारचन्द्र श्रेष्ठ, पुण्या पौडेल, आमोदबहादुर थापा, युवराज सुवेदी, रविप्रसाद रेग्मी, नारायण आचार्य, प्रेमबहादुर केसी, देवेन्द्र लामिछाने, कैलाशकुमार श्रेष्ठ, रेवतीरमणजी मल्ल, विजयराज खनाल, विजयकुमार महतो, कुलप्रसाद खनाल, गुणराज लोहनी, रवीन्द्रबहादुर प्रधान, सरिता प्रधान जोशी, विवेकानन्द घिमिरे, वावुराजा श्रेष्ठ, विष्णुबहादुर बस्नेत, शम्भुकुमार श्रेष्ठ, महेन्द्रनाथ पौडेल, दिलीपशेखर श्रेष्ठ, राजकिशोरप्रसाद जैसी, राजेन्द्र बुढाथोकी, विन्दुकुमारी मिश्र, शालिकराम पौडेल, जयवेन्द्र यादव, राममिलनप्रसाद विश्वकर्मा, अखिलेशप्रसाद सिंह, अमरराज शर्मा, दुर्गाप्रसाद खतिवडा, प्रेमकुमार श्रेष्ठ, गोपीचन्द्र भट्टराई, प्रदीप थापा, रिता भण्डारी, अरविन्दकुमार मिश्र, निर्मलालक्ष्मी श्रेष्ठ, शम्भुप्रसाद पौडेल, त्रिलोचन आचार्य, विजयकुमार झा, अम्बिकाप्रसाद पौडेल, विश्वप्रसाद अर्याल, वसन्तबहादुर सिंह, सुदर्शनप्रसाद अधिकारी, रामशरण सापकोटा, कृष्णप्रसाद पराजुली, माधवदेव आचार्य, जगन्नाथ पन्त, लिलबहादुर राउत, लालबहादुर कार्की, पुष्पराज बराल ।

आगामी असार मसान्तसम्म अनिवार्य अवकाश पाउनेमा विभिन्न सेवाका २६ जना सहसचिव रहेका छन् । जसमा प्रशासन सेवाका सहसचिवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख इन्द्रमणी पोखरेल, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्य, कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेत, आदिवासी जनजाती आयोगका सचिव कृष्णप्रसाद तिमिल्सिना रहेका छन् ।

स्वास्थ्य सेवाका सहसचिवमा प्रमुख कन्सल्टेन्ट अधिकृत एघारौँ नारदप्रसाद थपलिया, भेरी अञ्चल अस्पतालमा कार्यरत स्वास्थ्य सेवाका प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन अधिकृत एघारौँ निर्मल शाक्य र वरिष्ठ कन्सल्टेन्ट अधिकृत दशौँ कल्पना थापा, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल थापाथलीमा कार्यरत स्वास्थ्य सेवाका प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट अधिकृत एघारौँ अमिरबाबु श्रेष्ठ रहेका छन् ।

इन्जिनियरिङ सेवाका सहसचिवमा दीपक घिमिरे, सुधिर रजौरे, शिवप्रसाद नेपाल, दशौँ अधिकृत राजेशप्रसाद घिमिरे, रेवतीरमण पराजुली, सुपरिटेन्डेट ईन्जिनियर कविन्द्रविक्रम कार्की, वन सेवाका सहसचिव दिवेशमणि त्रिपाठी र धनञ्जय पौडेल र दशौँ तहका अधिकृत शन्तमाया श्रेष्ठ, शिक्षा सेवाका दशौँ तहका अधिकृत तिलप्रसाद सिलवाल, टेकनाथ रेग्मी, भरतबाबु सुवेदी, शोभाकर रेग्मी, हेमराज अर्याल र मोतीलाल शर्मा तथा कृषि सेवाका दशौँ तहका अधिकृत होमराज विष्ट रहेका छन् ।

न्याय परिषद् सचिवालयमा कार्यरत न्याय सेवाका सहसचिव भीमकुमार श्रेष्ठ र उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगामा कार्यरत न्याय सेवाका सह न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पनि यसै वर्ष अनिवार्य अवकाशमा जाने सूचीमा छन् ।

राष्ट्रिय किताबखानाले हरेक आर्थिक वर्षको सुरुमा अनिवार्य अवकाश हुने कर्मचारीको नामावली सार्वजनिक गर्ने गरेको छ । कार्यालय सहयोगीदेखि सचिवसम्मका कर्मचारीको अनिवार्य अवकाशको सूचना सार्वजनिक गरिएको छ । किताबखानाले सूचनामा उमेर हदका कारण वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा छ महिना अगावै निजामती सेवा नियमावली २०५० बमोजिमको फाराम भरी आफू बहाल कार्यालयमार्फत राष्ट्रिय किताबखानामा पठाउन अनुरोध गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर