श्रमिक दिवस : तीन दर्जन ई-रिक्सा महिला चालक सम्मानित – Nepal Press

श्रमिक दिवस : तीन दर्जन ई-रिक्सा महिला चालक सम्मानित

रुपन्देही । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले ३५ जना ई-रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको छ ।

उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा रहेका ३५ जना चालक महिलालाई सम्मान गर्दै नगर प्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकहरुका ई-रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए ।

पाण्डेयले ई-रिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको जानकारी दिए । बुटवलमा महिलाहरुलाई प्रोत्साहन गर्न महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्नेसमेत उनले बताए ।

उनले बुटवलमा ई-रिक्सा र टेम्पो चालक महिलाहरु स्वरोजगार बनेको र यसले बुटवलको प्रतिष्ठा बढाएको धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर