जबरजस्ती करणी गरी अश्लील भिडियो बनाएर पोस्ट गर्ने अन्सारी पक्राउ – Nepal Press

जबरजस्ती करणी गरी अश्लील भिडियो बनाएर पोस्ट गर्ने अन्सारी पक्राउ

विराटनगर । विराटनगरकी एक किशोरीलाई जबरजस्ती करणी गरी भिडियो बनाएर ब्याकमेलिङ गर्ने विराटनगरका मो रिजवान अन्सारी पक्राउ परेका छन् ।

२०७४ सालदेखि सोही भिडियो देखाउँदै सार्वजनिक गरिदिने धम्की दिएर अन्सारीले बारम्बार किशोरीमाथि बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ ।

ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि ती किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका ३० बर्सिया अन्सारी व्यापारी समेत हुन् । उनी चस्माको व्यापार गर्छन् ।

किशोरीको अश्लील भिडियो अन्सारीले फेक फेसबुक अकाउन्ट बनाएर हाल्ने गरेका थिए । पीडितले किटानी जाहेरी दिएपछि अन्सारी पक्राउ परेका हुन् ।

ब्यालकमेलिङ गर्दै अन्सारीले ती किशोरीलाई १५ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।

‘जबरजस्ती करणी गरेपछि पीडितको भिडियो बनाएको पाइएको छ । त्यही अश्लील भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाउने डर त्रास र देखाउँदै आएको अनुसन्धानका क्रममा खुलेको छ,’ डिएसपी दाहालले भने, ‘अहिले घटनाको अनुसन्धान सुरु गरिएको छ ।’

बलात्कारको सिकारमा परेकी ती किशोरीको जबरजस्ती करणीबाट दुई पटक गर्भ पनि बसेको थियो । उक्त गर्भ पतन गराएको पनि खुलेको छ ।

पक्राउ परेका अन्सारीलाई मोरङ प्रहरीले आइतबार तीन वटा मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका डिएसपी दाहालले बताए ।

प्रहरीले उनी विरुद्ध जबरजस्ती करणी, गर्भ संरक्षणको कसुर र विद्युतीय कारोबार ऐनमा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर