यूएईविरुद्ध टस जितेर फिल्डिङमा नेपाल, दीपेन्द्र बेन्चमा
काठमाडौं । एसीसी प्रिमियरको फाइनल खेलमा यूएईविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।
त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ ।
दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको स्थानमा गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।
आजको खेलमा यूएईलाई पराजित गरे नेपालले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।
केहीदिन देखि लगातार पानी परिरहेका ले आजको खेल पनि अवरुद्ध हुने सम्भावना छ । तर, आज पुरै खेल हुने अवस्था नदेखिए भोलि फाइनलका लागि रिजर्भ डे राखिएको छ ।
पहिलो इनिङ सकिएर दोस्रो इनिङको खेल २० ओभर सम्म भए डकवर्थ लुईस पद्धतिबाट खेलको नतिजा लिइनेछ । त्यो पनि हुन नसके र सुपर ओभर गर्ने समय रहे सुपर ओभरबाट नतिजा लिइने छ ।
पहिलो सुपर ओभर टाई भए , दोस्रो सुपर ओभर हुनेछ । यदि त्यो पनि टाई भए, एक दिवसीय वरियतामा अघि रहेको टिमले एसिया कप खेल्नेछ ।
नेपालले पहिलो समूह चरणको खेलमा मलेसियालाई ६ विकेटले हराउँदा दोस्रोमा ओमानलाई ८४ रन र तेस्रो खेल वर्षाका कारण अवरुद्ध हुँदा नेपाल साउदीसँग अंक बाँड्दै एक खेल अगावै सेमिफाइनल पुगेको थियो ।
समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेता बन्यो ।
सेमिफाइनलमा कुवेत प्रतिद्वन्द्वी पाएको नेपाल वर्षाकै कारण पुरा खेल हुन नसक्दा समूह विजेताको हैसियतले फाइनल पुगेको हो ।
यस्तै, पछिल्ला खेलहरूमा नेपालसँग लगातार पराजित भइरहेको यूएई ती हारहरूको बदला लिने लक्ष्यमा छ । यूएईले समूह चरणको पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले पराजित गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो । भने, दोस्रो खेलमा हङकङले यूएईलाई डीएल मेथडमा ६७ रनले पराजित गर्यो ।
तेस्रो खेलमा सिंगापुरलाई २ सय १ रन र समूह चरणको अन्तिम खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै यूएईले सेमिफाइनल यात्रा तय गरेको थियो ।
सेमिफाइनलमा यूएई ओमानलाई डीएल मेथडमा २ रनले हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो ।
नेपालको प्लेइङ ११ः
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी
Kin change vyo sir dipendra ji ramro chha bowler