करणले दिलाए नेपाललाई दोस्रो सफलता
काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालका लागि तीव्र गतिका बलर करण केसीले यूएईका भृत्य अर्विन्दलाई आउट गर्दै दोस्रो विकेट लिए ।
उनले भृत्यलाई आसिफ शेखबाट क्याच आउट गरेका हुन् ।
जारी प्रतियोगिताको सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत रहेका भृत्य ९ बलमा ८ रन बनाएर आउट भए ।
यसअघि, पहिलो विकेट लिने क्रममा आफ्नो दोस्रो स्पेल बलिङमा आएका सोमपाल कामीले ओपनर मोहमद वासिमलाई आउट गरेका थिए ।
८ बल खेलेर ११ रन बनाएका वासिमलाई सोमपालले ललित राजवंशीबाट क्याच आउट गरे ।
यो समाचार लेखिसक्दा यूएईले ६ ओभरको समाप्तिमा २ विकेट गुमाएर २८ रन जोडको छ । क्रिजमा आर्यन लाक्रा र रमिज शहजाद छन् ।