सुनको मूल्य घट्यो, चाँदीको स्थिर
नेपाल प्रेस
२०८० वैशाख १८ गते ११:०७
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन घटेर प्रतितोला १ लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी तोलामा एक हजार चार सय १५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर