प्रधानमन्त्रीको प्रष्टीकरण- लडाकुलाई दुई लाख दिने निर्णय मेरो होइन, विष्णु पौडेल अर्थमन्त्री थिए – Nepal Press

प्रधानमन्त्रीको प्रष्टीकरण- लडाकुलाई दुई लाख दिने निर्णय मेरो होइन, विष्णु पौडेल अर्थमन्त्री थिए

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अयोग्य लडाकुहरूलाई दुई लाख दिने निर्णय आफ्नो नभएको प्रस्टाएका छन्।

सोमबार बिहान चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले २०७१ सालमा कांग्रेस र एमालेकै पहलमा अयोग्य लडाकुलाई पैसा दिने निर्णय भएको जिकिर गरे।

उनले भने, ‘‘लडाकुलाई २ लाख दिने निर्णय २०७१ सालमा त्यतिबेलाको कांग्रेस नेतृत्वको सरकारले गरेको हो। कांग्रेस र एमालेको नेतृत्व भएको बेलामा टुंगिएको हो। विष्णु पौडेल अर्थमन्त्री भएको बेलामा निर्णय भएको हो। मैले मेरो निर्णयले पैसा दिन लागेको होइन।’

०७१ सालको निर्णयलाई कार्यान्वयन गर्न खोज्दा दुई लाखले अर्थतन्त्र संकटमा पर्छ भनेर प्रचार गरिएको उनको भनाइ छ। अयोग्य भनिएका ४८ सय लडाकुलाई किस्ताबन्दीमा रकम दिने उनले बताए।

उनले आफू नेतृत्वको गठबन्धनको सरकारले पाँच वर्ष टिक्ने दाबी गर्दै हल्लाको पछि नलाग्न आग्रह गरे। उनले रवि लामिछाने नेतृत्वको रास्वपा सरकारमा आए भ्रष्टाचारको जुनसुकै फाइल खोल्न आफू तयार भएको बताए।

उनले भने, ‘कुन फाइल खोल्नु पर्ने हो म तयार छु। रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता उहाँहरूले लिनुहुँदैन। हिजो बालुवाटारमा कुरा भएको थियो।’

रास्वपाले साबिककै मन्त्रालय खोज्नु स्वभाविक भएपनि रोजेकै मन्त्रालय दिन सक्ने अवस्था नभएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर