कविता : आफ्नो देशको माया
खुशी लाग्छ मलाई मेरो पाउ मेरो जन्मभूमिमा पर्दा
कतै दुःख पनि लाग्छ मलाई घुस खाने, आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा
नेपालीकी छोरी म वीर बुबा, आमाबाट जन्मिएकी
जन्मभूमि एउटा भयो, कर्मभूमि अर्को माया लाग्छ मलाई मेरो आफ्नो देशको ।
खुशी लाग्छ मलाई मेरो पाउ मेरो जन्मभूमिमा पर्दा
कतै दुःख पनि लाग्छ मलाई घुस खाने,
आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा ।
देख्छु चारैतिर रमझम संसार यी आँखाहरूले
माइती जाने खुशीले बसमा चड्दै हिँड्छु
कतै आफ्नतलाई देख्छु भनी झ्यालबाट नियाल्छु
मान्छेहरूको भिडमा आफन्त नै हराएको पाउँछु ।
खुशी लाग्छ मलाई मेरो पाउ मेरो जन्मभूमिमा पर्दा
कतै दुःख पनि लाग्छ मलाई घुस खाने,
आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा ।
खुशीको बीचमा चिन्ताले पनि ढाक्दै जान्छ
मनभित्र धेरै कुराहरु उथुल-पुथुल हुन्छ
जनता बुझ्ने सरकार आए देश सुध्रिने थियो कि ?
भ्रस्टाचार , घुसखाने हराएर जाने थियो कि ?
खुशी लाग्छ मलाई मेरो पाउ मेरो जन्मभूमिमा पर्दा
कतै दुःख पनि लाग्छ मलाई घुस खाने,
आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा ।
जति नेता आए आफूलाई नै बनाए
आफ्नो भुँडी पैसाले भकारीमा अन्न राखे झैँ भरे
ठाउँ ठाउँमा धेरै जग्गा, धेरै घर, सम्पत्तिहरू जोडे
देशलाई नै कंगाल बनाई जनताहरुलाई रुवाएर छोडे ।
खुशी लाग्छ मलाई मेरो पाउ जन्म मेरो जन्मभूमिमा पर्दा
कतै दुःख पनि लाग्छ मलाई घुस खाने,
आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा ।
मेरो देशमा म भए कति ठूलाठूला काम गर्थेँ होला
घुस खाने, चम्चे गर्ने नेताहरूलाई उखालेरै फ्याँक्थे होला
अटल उच्च विचारले सधै देशको सेवा गर्थे
जनतालाई सधैँ खुशी राखेर देशको लागि आफूलाई नै समर्पित गर्थेँ ।
खुशी लाग्छ मलाई मेरो पाउ मेरो जन्म भुमिमा पर्दा
कतै दुःख पनि लाग्छ मलाई घुस खाने,
आफ्नो भुँडी भर्ने नेताहरूलाई देख्दा ।
-रमा कोइराला ‘अद्रिजा’
रानीपुल, ढकाल गाउँ (पूर्वसिक्किम)
एकदमै मन छुने रचना जुन रचनाले देशमा हाल भइरहेको परिस्थतिलाई समेटिएर प्रस्तुत भएको छ ।