सुनवलस्थित गार्मेन्ट उद्योगमा आगलागी : ८० लाख बराबरको क्षति भएको अनुमान – Nepal Press

सुनवलस्थित गार्मेन्ट उद्योगमा आगलागी : ८० लाख बराबरको क्षति भएको अनुमान

रूपन्देही । पश्चिम नवलपरासीकोे सुनवलस्थित वडा नं. ५ हर्दियामा रहेको एक गर्मेन्ट उद्योगमा आगलागी हुँदा करिब ८० लाख बरावरको क्षति भएको जनाइएको छ ।

स्थानीय बसन्त क्षेत्रीले संचालन गरेको टिन र ईटाले बनेको बुद्ध गार्मेन्टमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । रामग्राम र बर्दघाट नगरपालिकाको दमकलले ईलाका प्रहरी कार्यालय सुनवल र स्थानीयको सहयोगमा २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट मानवीय क्षति भने नभएको तर गार्मेन्ट रहेको घर पुणर्रुपमा क्षति हुनुका साथै उद्योगमा रहेका रोल कपडा,तयारी कपडा,सिलाई मेशिन नष्ट हुनुका साथै फर्निचर र नजिकै रहेको २ वटा पक्की घरमा समेत क्षति भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक बिष्णु पौडेलले जानकारी दिए ।

विद्युतको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ भने थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर