थप १३ ब्रोकर कम्पनीले पाए आशय पत्र
नेपाल प्रेस
२०८० वैशाख २१ गते ८:४९
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप १३ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ ।
बुधवार बसेको बोर्डको बैठकले थप १३ कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको हो । यसअघि १६ ब्रोकर कम्पनीले आशय पत्र पाएका थिए ।
अब आशय पत्र पाउनेको संख्या २९ पुगेको छ । ४५ ब्रोकर कम्पनीको आवेदन परेको थियो ।
मापदण्ड पुगेका सबैलाई आशय पत्र दिइने बोर्डले बताएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर