सत्तारुढ दल निकट कर्मचारीहरूको आन्दोलन स्थगित – Nepal Press

सत्तारुढ दल निकट कर्मचारीहरूको आन्दोलन स्थगित

काठमाडौं । सत्तारुढ दल निकट कर्मचारी संगठनहरुले आन्दोलन स्थगित भएको जनाएका छन् । संघीय निजामती ऐन जारी गर्न माग राख्दै आन्दोलित कर्मचारी संगठनहरुले सरकारी पक्षसँग वार्ता पश्चात् आन्दोलन स्थगित गरेका हुन् ।

सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वमा वार्ता समिति गठन गरी वार्ता अगाडि बढाउने निर्णय भएपछि आन्दोलन स्थगित भएको विज्ञप्तिमार्फत जनाएको छ ।

आज संयुक्त संगठनहरुले सिंहदरबार प्रवेशमा रोक लगाउने गरी आन्दोलनको तालिका भएपछि नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन नेपाल र मधेशी निजामती कर्मचारी मञ्चले स्थगित भएको जनाएका हुन् ।
नेपाल निजामति कर्मचारी संघका सचिव झविन्द्र पोखरेलले विधेयकमा के के विषय छन् भन्ने आधिकारिक रुपमा नआएको र सरकारले उच्चस्तरीय वार्ता टोली गठन गरेका कारण तत्काललाई आन्दोलनका कार्यक्रम स्थगित भएको बताए । उनले आफूहरुको माग र अडान भने यथावत रहेको जानकारी दिए ।

एमाले निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले आन्दोलन जारी नै रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर