प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्छ : आईजीपी कुँवर – Nepal Press

प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्छ : आईजीपी कुँवर

रूपन्देही । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन् । आज बुटवलमा इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सोहीअनुसार आफूले काम गरिरहेको बताए ।

जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधरण नागरिकको जनजीवनलाई सरल सहज र सुरक्षित प्रहरी प्रतिबद्ध रहेको उनको भनाई थियो ।

‘नेपाल प्रहरीले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ । त्यसका लागि प्रहरी संगठन प्रतिबद्ध छ ’, उनले भने ‘जनताको जीउधनको रक्षा र मावन अधिकारको संरक्षण गर्दै सर्वसाधरणको जनजीवनलाई सरल सहज र सुक्षित गराउने दायित्व प्रहरीको हो । यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौँ ।’

महानिरीक्षक कुँवरले आमनगरिकको भरोसा र विश्वमासिलो संघठन भएकाले सबैले महसुस गर्ने किसिमको वातवरण बनाउनका लागि व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुटवल उपहानगरपालिका मेयर खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण, सैनामैनाका मेयर फडेन्द्र शर्मा, देवदहका मेयर ध्रुवप्रसाद खरेल, प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारी र रुपन्देही प्रहरी प्रमुख भरतकुमार वि.क. लगायत उपस्थित थिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा २ करोड ४१ लाखमा लागतमा कार्यालय भवन, नागरिक सहायता कक्ष, प्रहरी ब्यारेक, कार्यालय प्रमुख निवास र मेसको निर्माण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर