त्रिवि समाजशास्त्र विभागीय प्रमुखमाथि करार शिक्षकद्वारा हातपात – Nepal Press

त्रिवि समाजशास्त्र विभागीय प्रमुखमाथि करार शिक्षकद्वारा हातपात

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभाग प्रमुख डा. युवराज लुइटेलले आफूमाथि करार शिक्षकले हातपात गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

स्रोतका अनुसार करारका शिक्षक ललित विष्टविरुद्ध लुइटेलले उजुरी गरेका हुन् । विष्टले आफूमाथि हातपात गरेको लुइटेलको दाबी छ । विष्ट, लुइटेलकै पूर्वविद्यार्थी पनि हुन् ।

केही दिनअघि घटना भएको बुझिएको छ । घटनाबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर