मधेशका किसानलाई कृषिमन्त्रीको अपिल- ८० प्रतिशत अनुदानमा कृषि वीमा गराऔँ – Nepal Press

मधेशका किसानलाई कृषिमन्त्रीको अपिल- ८० प्रतिशत अनुदानमा कृषि वीमा गराऔँ

जनकपुरधाम । मधेश प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले अनुदानमा कृषि वीमा गराउन किसानसँग अपिल गरेका छन् ।

नेपाल सरकारले कृषिसँग सम्बन्धित कृषि उत्पादन, पशुपंछी तथा मत्स्य पालनमा विमाका लागि ८० प्रतिशत अनुदान दिँदै आएको भन्दै मन्त्री कुशवाहाले सो बमोजिम कृषि वीमा गराउन प्रदेशभरका किसानसँग अपिल गरेका हुन् ।

उनले यदि एउटा भैंसी १ लाखको हो भने वीमा गराउन कृषकले १ हजार १५० रुपैयाँ मात्र तिर्नुपर्ने हिसाब देखाएका छन् । उनका अनुसार ५ प्रतिशतका दरले वीमा रकम ५ हजार हुन्छ तर ८० प्रतिशत अनुदान सरकारले तिरेपछि ४ हजार कटौती गरेर तिर्नुपर्ने रकम १ हजार आउँछ । त्यसमा वीमा कम्पनीको चार्ज १५० जोडेर कुल १ हजार १५० विमा शुल्क बुझाउनुपर्छ ।

मन्त्री कुशवाहाले कृषि वीमा गर्ने आठै जिल्लाका कम्पनीको नाम र नम्बर समेत सार्वजनिक गर्दै वीमा सम्बन्धी कुनै समस्या भए नजिकको कृषि सेवा केन्द्रमा सम्पर्क गर्न सुझाव समेत दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर