बालुवाटार बैठकपछि माओवादी नेता भन्छन्- सुशासनको पक्षमा सरकार दृढतापूर्वक लाग्छ (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले दृढताको साथ सुशासनको विषयवस्तुलाई अगाडि बढाउन खोजिरहेको बताएका छन् ।
सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तर आजको बैठकमा त्यसबारे छलफल नभएको प्रष्टाए ।
उनले भने, ‘गृह मन्त्रालयले नक्कली शरणार्थी प्रकरणलाई अगाडि बढाएको छ । स्वभाविक रूपमा सबैलाई तरंगित बनाउने विषयवस्तु भइहाल्यो । त्यसबारे यहाँको बैठकमा कुराकानी गर्ने बिषय भएन तर, सरकारले दृढताको साथ सुशासनको विषयवस्तुलाई अगाडि बढाउन खोजिरहेको छ ।’
नक्कली शरणार्थी प्रकरणमा हाइ प्रोफाइलका नेताहरु नै मुछिएपछि चर्चाको विषय बनेको छ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित सत्ता गठबन्धनकै शीर्ष नेताहरूको नाम समेत मुछिएको छ।
पक्राउ पुर्जी जारी भएपछि सांसद रायमाझी सम्पर्कविहीन छन् । उनी सम्पर्कविहीन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधुप बढेको छ ।
उनले त्यही विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिसकेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले दोषीलाई कारबाही नगर्न आएको सबैको दबाब नसुन्ने बताइसकेका छन् ।
उभियौ सुशासनको पक्षमा ! खाँडलाई अनुसन्धानभन्दा बाहिर राख्ने माओवादीले सुशासन कायम गर्ने ? क्याण्टोनमेण्टको पैसा खाने लुटेराहरूले भनेको कसैले पत्याओस् ।