विषयान्तर गरेर एमालेले छापामार शैलीमा सदन कब्जा गर्न खोजेकाे माओवादी सांसदकाे आराेप (भिडिओ)
नेपाल प्रेस
२०८० वैशाख २४ गते १६:५२
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका सांसद टोपबहादुर रायमाझीलाई ल्याएर बुझाउन नेकपा एमालेसँग आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरु छापामार शैलीमा प्रस्तुत भएको उनको भनाइ छ ।
उनले भने, ‘विषयलाई विषयान्तर गरेर खिसिट्युरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्ने तपाईंहरुको शैली छ । यसले तपाईंहरुलाई राजनीतिक ढंगले प्रस्तुत गरेन ।’
उनले एमालेका सांसदहरुले विषयान्तर गरेर प्रधानमन्त्रीको खिसिट्युरी गरेको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया
सरकार तिम्रो प्रचण्डले चलाउने । प्रकाउ गरेर एमालेले ल्याईदिनुपर्ने ? तिम्रो प्रचण्डलाई हुतिहारा भनेर राजिनामा गर्ने लगाउ पहिला हिम्मत भए । खाँडलाई बचाउन रायामाझीको बढी कुरा निकाल्ने सबैभन्दा ठूला भ्रष्टाचारी तिमीहरू हौ । क्यान्टोनमेण्टको पैसा लुटने तिमीहरू । उनीहरूको पैसा खाईदिएर उनीहरूलाई रूवाउने तिमीहरू भन्ने एमालेलाई ? टोपबहादुरको बढी कुरा निकालेको खाँड दम्पत्ति र म्याडम देउवा बचाउन हो । हिम्मत छ पक्राउ गर्ने ? छोएको २४ घण्टामा देउवाले प्रधानमनेत्रीको कुर्सीबाट कठालोमा समातेर झार्छन । त्यही डरले उनीहरूलाई नसमातेको हो ।