ओली लक्षित गर्दै सांसद खतिवडाको टिप्पणी- भ्रष्टाचारीलाई जोगाउन प्रधानमन्त्रीकहाँ म्याउँम्याउँ गर्दैछन् (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालको राजनीतिमा जसले धेरै बदमासी गर्छ, उसैले धेरै डकार्छ भन्ने कुरा आउन थालेको बताए ।
उनले भने, ‘जो कोही दोषी छ भने सरकारले गरेको कारबाही भोग्न तयार हुनुपर्छ । संसदमा ताली बजाएर होइन, कानूनअनुसार सजाय भोग्न तयार हुनुपर्छ ।’
खतिवडाले आफ्नो नाम पनि सो प्रकरणमा जोडिएकोप्रति भने आपत्ति जनाए ।
उनले भने, ‘म कतैबाट दोषी देखिए सजाय भोगेर राजनीतिक जीवनबाट बाहिर जान तयार छु । जो दोषी छ, त्यसलाई लुकाउनेलाई के कारबाही हुन्छ ? म प्रश्न गर्न चाहन्छु ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै खतिवडाले आफ्नो मान्छे पर्न लागेपछि प्रधानमन्त्रीकोमा म्याउँम्याउँ गरेर भ्रष्टाचारीलाई जोगाउन खोजेको टिप्पणी गरे ।
सरकार तिम्रो प्रचण्डले चलाउने । प्रकाउ गरेर एमालेले ल्याईदिनुपर्ने ? तिम्रो प्रचण्डलाई हुतिहारा भनेर राजिनामा गर्ने लगाउ पहिला हिम्मत भए । खाँडलाई बचाउन रायामाझीको बढी कुरा निकाल्ने सबैभन्दा ठूला भ्रष्टाचारी तिमीहरू हौ । टोपबहादुरको बढी कुरा निकालेको खाँड दम्पत्ति र म्याडम देउवा बचाउन हो । हिम्मत छ पक्राउ गर्ने ?