नारायणघाट–बुटवल सडकखण्डको काम २६ प्रतिशत मात्रै, तेस्रो पटक म्याद थपिदिन ठेकेदारको प्रस्ताव – Nepal Press

नारायणघाट–बुटवल सडकखण्डको काम २६ प्रतिशत मात्रै, तेस्रो पटक म्याद थपिदिन ठेकेदारको प्रस्ताव

बुटवल । महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि थप डेढ वर्ष म्याद थप्न अनुरोध परेको छ ।

कोरोनाको महामारी देखाउँदै यसअघि दुई पटक म्याद थप गरेको चिनियाँ ठेकेदार कम्पनीले डेढ वर्ष म्याद थप गरिदिन अनुरोध गरेको हो । सो सडक खण्डको काम हाल  २६ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले आउँदो भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै यस अघि दोस्रो पटक म्याद थप गरेको थियो, जसअनुसार उसले जम्मा  यस अवधिमा थप २ प्रतिशत मात्र काम सम्पन्न गरेको थियो ।

कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्नु परेको चिनिया ठेकेदार कम्पनीले जनाउँदै आएको छ ।

चिनिया कम्पनीले माग गरे अनुसार सडक निर्माणको लागत नबढ्ने गरी म्याद थपबारे निर्णय गर्न लागिएको दाउन्ने गैँडाकोट खण्डका प्रमुख इन्जिनियर आशिष थापा मगरले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *