संसदमा अर्थमन्त्री नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित – Nepal Press

संसदमा अर्थमन्त्री नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगन गरिएको छ ।

सभामा अर्थमन्त्री महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो ।

बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएको पाइएपछि बैठक सञ्चालनमा प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका हुन् ।

बैठक स्थगन गर्दै सभामुख देवराज घिमिरेले भने, ‘केही प्राविधिक समस्याको कारणले अर्थमन्त्रीज्यूको उपस्थितिमा ढिला भइरहेको हुँदा १५ मिनेटको लागि यो बैठक स्थगन हुन्छ । त्यस पछाडि फेरि सुचारु हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर