गगन थापाको सम्भावित कदमबारे धनराज भन्छन्- पार्टीलाई अनिष्ट गर्नुहुने छैन – Nepal Press

गगन थापाको सम्भावित कदमबारे धनराज भन्छन्- पार्टीलाई अनिष्ट गर्नुहुने छैन

धनराजलाई प्रश्न- पार्टी फुट्न लागेको हो ?

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नागरिकता विधेयकको बिषयमा आफूहरुले छलफल गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले नागरिकता विधेयकमा कसरी अघि बढ्नेबारे गृहकार्य भइरहेको बताए ।

उनले भने, ‘संविधानले संसदबाट अनुमोदन गरेर पठाउने र राष्ट्रपतिले प्रमाणिकरण गर्ने व्यवस्था छ। राष्ट्रपतिबाट एकपटक फर्केर आइसकेपछि फेरि संसदबाटै अनुमोदन भएर राष्ट्रपतिकहाँ पुग्यो। त्यसपछि १५ दिनभित्र प्रमाणिकरण गर्नुपर्ने हो, भएन । अब त्यसबारेमा संविधानले पनि बोलेको छैन। त्यसो भएर अहिले छलफलमा छौं ।’

यस्तै, उनले सबै उच्च तहका मन्त्रीदेखि कर्मचारीको सम्पत्ति सार्वजनिक मात्रै नभएर आवश्यकता अनुसार छानविन नै गर्नुपर्ने बताए ।

उनले भने, ‘सबैको सम्पत्ति राज्यको हो। त्यसैले राज्यले चाहेको बेलामा सबै नेता, कर्मचारी सबैको छानबिन गर्नुपर्छ ।’
महामन्त्रीले हिजो अब चुप लगाएर बस्दिनँ भन्नुभएको छ । त्यसले पार्टीमा समानान्तर गतिविधि हुने वा पार्टी विभाजनतिर जाने संकेत त होइन ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यो प्रश्न महामन्त्रीज्यूलाई नै सोध्नुहोला । उहाँ पार्टीमा टप फाइभभित्रै हुनुहुन्छ । त्यसो भएकाले उहाँले बोलेको बिषयमा मैले टिप्पणी गर्नु उचित हुँदैन ।’

उनले पार्टीमा समानान्तर कमिटी र विभाजन हुन्छजस्तो नलागेको प्रष्ट्याए ।

उनले भने, ‘गगन थापाजी शालिन व्यक्तित्वको रुपमा देख्छु । शालिन व्यक्तिबाट अनिष्ट हुने गरेर उहाँले पाइला चाल्नुहुन्छ भन्ने मलाई विश्वास नै छैन। त्यसकारणले उहाँ जिम्मेवार हुनुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर