सरकारले १२ अर्ब आन्तरिक ऋण उठाउँदै, १८ अर्ब नवीकरण गरिने – Nepal Press

सरकारले १२ अर्ब आन्तरिक ऋण उठाउँदै, १८ अर्ब नवीकरण गरिने

काठमाडौं । सरकारले १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले ट्रेजरी बिलमार्फत १२ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले १२ अर्ब रुपैयाँ नयाँ ऋण बोलकबोल गर्न लागेको हो । यस्तै १८ अर्ब १८ करोड पुरानो ऋण नवीकरणका लागि बोलकबोल हुनेछ ।

नयाँ तथा पुरानो गरी ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । २८ दिन अवधिको ३ अर्ब,९१ दिन अवधिको ७ अर्ब १० करोड, १८२ दिन अवधिको ६ अर्ब र ३६४ दिन अवधिको २ अर्ब ८ करोड बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुनेछ ।

त्यस्तै, ९१ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल मार्फत ५ अर्ब, १८२ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ३ अर्ब र ३६४ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ४ अर्ब गरी १२ अर्ब आन्तरिक ऋण परिचालन गर्न लागिएको केन्द्रिय बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर