गोलबजारमा ग्याँस सिलिन्डर विस्फोट, पसल जल्यो – Nepal Press

गोलबजारमा ग्याँस सिलिन्डर विस्फोट, पसल जल्यो

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ४ स्थित एक होटलमा ग्याँस विस्फोट भएर आगलागी हुँदा ठूलो क्षति भएको छ ।

जोगी साहले सञ्चालन गरेको होटलमा ग्याँस सिलिन्डर पड्केर आज बिहान आगलागी भएको हो । आगलागीबाट होटल भएको घर र भित्र रहेको सम्पूर्ण सरसामान जलेर नष्ट भएको छ ।

‘आज बिहान होटल खोलेर ग्याँस बालेलगत्तै आगो लागेर सिलिन्डर पड्कियो,’ स्थानीय गणेश साहले भने, ‘होटलमा रहेको ६ वटा त ग्याँस सिलिन्डर नै पड्कियो । आगोबाट होटल नै ध्वस्त भयो । मानवीय क्षति हुनबाट जोगिएको छ ।’

आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको अनुमान छ । होटल नष्ट भइसकेपछि पुगेको वारुणयन्त्र, प्रहरी र स्थानीले आगो नियन्त्रणमा लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर