टोपबहादुरलाई ओलीको ‘झट्केलो छोरो’ भन्ने रमेशजंगको अभिव्यक्ति रेकर्डबाट हटाइयो (भिडिओ) – Nepal Press

टोपबहादुरलाई ओलीको ‘झट्केलो छोरो’ भन्ने रमेशजंगको अभिव्यक्ति रेकर्डबाट हटाइयो (भिडिओ)

काठमाडौं । वैशाख २४ गतेको राष्ट्रियसभाको बैठकमा सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाइएको छ ।

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रायमाझीले आइतबार प्रयोग गरेको टोपबहादुर रायमाझी केपी ओलीको ‘झट्केलो छोरो’ हो भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सदस्य भैरवसुन्दर श्रेष्ठले रमेशजंग रायमाझीको शब्दप्रति नियमापत्ति जनाएका थिए । एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले आफूले
एक पटक सुनेर आजको बैठकमा निर्णय लिने बताएका थिए ।

सोहीअनुसार आजको बैठकमा अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको शब्द राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ को घ को व्यवस्थासँग मेल नखाने भएकाले २०८० वैशाख २४ गतेको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले सदस्यहरूले सभामा बोल्दा राष्ट्रियसभाको हालसम्मको अभ्यासलाई समेत मध्यनजर गरी राष्ट्रियसभा नियमावली २०७५ को नियम २१ को व्यवस्थाबमोजिम शिष्ट र मर्यादित शब्दहरु प्रयोग गर्न आग्रहसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर