पूर्व राज्यमन्त्री मेहताको निधन – Nepal Press

पूर्व राज्यमन्त्री मेहताको निधन

जनकपुरधाम । पहिलो संविधानसभा सदस्य तथा पूर्व वन तथा भू-संरक्षण राज्यमन्त्री लक्ष्मण मेहताको निधन भएको छ ।

सिरहाको लहान नगरपालिकाका ८ घर भएका मेहताको ७६ वर्षको उमेरमा आज निधन भएको हो । ०६४ मा तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट मेहता सिरहा क्षेत्र नम्वर १ बाट निर्वाचित भएका थिए ।

फोरम विभाजित भएर गठित तत्कालिन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) रोजेपछि मेहता राज्यमन्त्री बन्ने अवसर पाएका थिए । पछिल्लो समय उनी राजनीतिबाट टाढिएका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर