नक्कली भुटानी शरणार्थी प्रकरण २००७ सालयताकै सबैभन्दा ठूलो: भीम रावल – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरण २००७ सालयताकै सबैभन्दा ठूलो: भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले नक्कली भुटानी शरणार्थी प्रकरण २००७ सालयताकै देश र जनताविरुद्धको सबैभन्दा ठूलो प्रकरण भएको बताए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने धारणा राखे । नक्कली भूटानी शरणार्थी प्रकरण ठगीमात्रै नभई मानव बेचबिखन र राज्यविरुद्धको अपराध भएको नेता रावलको भनाइ छ ।

उनले विगतमा पनि देशमा भएका भ्रष्टाचारका ठूला काण्डहरु दबाउने काम भएको भन्दै अहिले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउने आशंका जनतामा रहेको बताए ।

उनले अनुसन्धान गर्ने प्रहरीलाई बल पुग्ने गरी नागरिकलगायत सबैले साथ दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *