एमाले सचिवालय बैठक: यस्ता छन् केन्द्रीय कमिटी बैठकका एजेण्डा – Nepal Press

एमाले सचिवालय बैठक: यस्ता छन् केन्द्रीय कमिटी बैठकका एजेण्डा

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वैशाख २८ गतेबाट बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।

बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत, केन्द्रीय कमिटीको चौथौं बैठकपछिको निर्णय अनुमोदन, आयोगका प्रमुखहरुको सम्बोधन, मिसन ग्रासरुटको समीक्षापछि छलफलमा जाने उनले जानकारी दिए ।

केन्द्रीय बैठकमा मिसन ग्रासरुट अभियानपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने उनको भनाइ छ । उनले पार्टीमा प्रवेश गरेका नेताहरुलाई व्यवस्थापन गर्ने विषयमा पनि छलफल हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर