विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन दिने सरकारको निर्णय – Nepal Press

विदेशबाट आउँदा दुईवटा मोबाइल ल्याउन दिने सरकारको निर्णय

काठमाडौं । सरकारले विदेशबाट आउने नेपाली नागरिकले दुईवटा मोवाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गरेर दुईवटा मोबाइल साथमा ल्याउन पाउने निर्णय गरेको सरकारी प्रवक्ता रेखा शर्माले बताइन् ।

यसअघिको एउटा मात्रै मोवाइल ल्याउन पाउने व्यवस्था थियो । त्रिभुवन विमानस्थलमा मोवाइल खोसेको गुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यो समस्या समाधान गर्न यसअघि नै निर्देशन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर