बझाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडक अवरुद्ध – Nepal Press

बझाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडक अवरुद्ध

कैलाली । बझाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी राजमार्गअन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

देउलेखबाट सुनकुडातर्फ गइरहेको देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्सले से ५ च २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय गोविन्द महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

घाइते भएका महरको उपचारको लागि डडेल्धुरा लिँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीयले अहिले सडक अवरुद्ध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर