बालकृष्ण खाणलाई टेकुबाट निकालियो : स्वास्थ्य परीक्षण गरेर अदालत लगिने – Nepal Press

बालकृष्ण खाणलाई टेकुबाट निकालियो : स्वास्थ्य परीक्षण गरेर अदालत लगिने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई अदालत लगिएको छ । जिल्ला प्रहरी परिसर टेकुबाट उनलाई म्याद थपका लागि अदालततर्फ लगिएको हो । सँगै स्वकीय सचिव नरेन्द्र केसीलाई पनि लगिएको छ । प्रहरीले हतकडी भने लगाएको छैन ।

उनीहरूलाई मेडिकल गरी सरकारी वकिल कार्यालयबाट आवश्यक प्रक्रिया अपनाएर अदालतमा म्याद थपको लागि पेश गरिनेछ ।

चावहिलस्थित मैजुबहालबाट खाणलाई बुधबार बिहान प्रहरीले समातेको थियो ।

पक्राउ पुर्जी जारी नभएको हुँदा खाणलाई ‘जरुरी पक्राउ पुर्जी’ थमाएर पक्राउ गरिएको हो ।

खाणलाई उच्च सुरक्षा निगरानीका साथ अदालत लगिएको छ ।

खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि पक्राउ गरिएको छ ।

यस प्रकरणमा प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरिसकेको छ ।

अनुसन्धानमा तानिएका एमाले सचिव टोपबहादुर रायमाझी भने पक्राउ पुर्जी जारीपछि फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर