आडभरोसा मागेपछि नारायणकाजीलाई ओलीले भने- निर्दोष नफस्ने र दोषीलाई नछाड्नेगरी अघि बढ्नुस् (भिडिओ) – Nepal Press

आडभरोसा मागेपछि नारायणकाजीलाई ओलीले भने- निर्दोष नफस्ने र दोषीलाई नछाड्नेगरी अघि बढ्नुस् (भिडिओ)

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग गर्ने आश्वस्त पारेको बताएका छन् ।

सिंहदरबारमा शीर्ष नेताको भेटघाटपछि निस्किँदै श्रेष्ठले भने, ‘मेरो केही दिनअघि प्रमुख प्रतिपक्षी दलको नेता केपी ओलीको निवासमा उहाँसँग भेट भएको थियो । केही दिनअघि उहाँमाथि पूर्वमा भएको आक्रमणबारे दु:ख प्रकट गरेको थिएँ । काठमाडौं आएपछि भेट्छु भनेको थिएँ ।’

उनले थपे, ‘यो सामान्य भ्रष्टाचारको केस होइन । यो राष्ट्रको अपमान गर्ने र स्वाभिमान गिराउने यसको विरुद्ध अनुसन्धान बढाउनुपर्छ र दोषी जोसुकैलाई कारबाही गर्नुपर्छ भनेर सहयोग र आडभरोसाको माग गरेँ । उहाँले म सहयोग गर्छु निर्दोष नफस्ने र दोषी नछुट्ने गरी अघि बढ्नुस् भन्नुभएको थियो । हिजो बालुवाटारको शीर्ष बैठकमा पनि मैले उहाँलाई धन्यवाद दिएको छु ।’

आफूले कसैलाई फसाइनु हुँदैन भनेर प्रहरीलाई निर्देशन दिइसकेको बताए ।

‘उहाँहरूले साथ दिने कुरा गर्नुभएको छ । निष्पक्ष ढंगले अनुसन्धान बढाउन र निष्कर्षमा पुर्‍याउन अनुसन्धानको क्रममा तानिन्छन् । उनीहरू पक्राउ पर्छन् ।’

सरकार सुशासन स्थापित गर्ने समृद्धिको लक्ष्य हासिल गर्ने सामाजिक न्याय स्थापित गर्न प्रतिबद्ध रहेको गृहमन्त्री श्रेष्ठको भनाई थियो ।

शीर्ष नेताहरूको सिंहदरबार भेटघाट संसद बैठक, विधेयक, शान्ति प्रक्रियालगायतका केन्द्रित रहेको उनले प्रष्ट्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर