अवैध मार्गबाट नेपालीलाई अमेरिका पठाउने टोपबहादुर बहिनीको बिहेबाट पक्राउ – Nepal Press

अवैध मार्गबाट नेपालीलाई अमेरिका पठाउने टोपबहादुर बहिनीको बिहेबाट पक्राउ

दाङ । अवैध मार्गबाट नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा घोराहीका टोपबहादुर जिसी पक्राउ परेका छन् । अमेरिका पठाइदिने भन्दै एक वर्षअघि ८ लाख रूपैयाँ लिएर ठगी गरेको उजुरी परेपछि दाङ प्रहरीले आज घोराहीको भिंग्रेली रिसोर्टबाट उनलाई पक्राउ गरेको हो ।

जिसी बहिनीको बिहेमा सहभागी हुन रिसोर्ट पुगेका थिए । उनलाई पक्राउ गरी जिल्ला प्रहरी कायालयको हिरासतमा राखिएको छ ।

जिसीविरुद्ध जिप्रका दाङको ठगी र मानव बेचबिखन व्युरोमा जाहेरी परेको छ । घटनाबारे थप अनुसन्धान गर्न दाङ प्रहरीले मानव बेचबिखन ब्युरोसँग समन्वय गर्ने एसपी वीरबहादुर वलीले बताए ।

काठमाडौं जिल्ला अदालतले २०७७ पुस १९ गते जिसीविरुद्ध २ वर्ष कैद र १२ लाख जरिवानाको फैसला सुनाएको थियो । त्यसपश्चात पक्राउ परे पनि दाङका तत्कालीन प्रहरी प्रमुख गणेश चन्द (हाल एसएसपी)ले उनलाई छाडेका थिए । अदालतबाट कैद सजाय भएर पनि प्रहरीबाट उन्मुक्ति पाएका उनले पछि फेरि अमेरिका पठाउने धन्दा चलाउँदै आएको आरोप छ ।

एसपीले छाडेपछि जिसी विदेश भागेका थिए । त्यसपछि मानव बेचविखन व्युरोले रेडकर्नर नोटिस जारी गरेको थियो । सो व्युरोको प्रमुख एसएसपी चन्दकै श्रीमती दुर्गा सिंह थिइन् ।

जिसीले गैरकानूनी रूपमा अमेरिका पठाउने क्रममा यसअघि घोराही– १२ का पूर्ववडा अध्यक्षका छोराको समुद्रमा डुङ्गा पल्टेर मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर