इमरान पक्राउ पछि पाकिस्तानमा भड्कियो हिंसा, पेसावरमा ४ जनाको मृत्यु
इस्लामवाद । पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि अराजकता मच्चिएको छ ।
उनको पक्राउ पछि भएको हिंसामा परी पेसावरमा ४ जनाको मृत्यु भएको छ भने ९१ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
मंगलवार पक्राउ परेका पूर्व प्रधानमन्त्री इमरानलाई ८ दिनको लागि एनएबी हिरासतमा पठाइएको छ ।
यसैगरी, इमरानको गिरफ्तारीपछि शान्ति सुरक्षा कायम गर्ने भन्दै इस्लामावाद, पन्जाब र केपीमा सेना परिचालन गरिएको छ भने पीटीआईको विरोधपछि पन्जाबमा मात्रै झण्डै एक हजार पक्राउ गरिएको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।
पीटीआईका नेताहरू असद उमरलाई आईएचसीबाट र फवाद चौधरीलाई एससीबाट गिरफ्तार गरिएको छ भने इमरानको गिरफ्तारीमा आईएचसीको फैसलाविरुद्ध पीटीआईले सर्वोच्च अदालत पुगेको छ ।