अनुसन्धान अगाडि बढेकोमा खुशी छु, तर मुख्य फिल्म बाँकी छ : ओली (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फिल्म देखाउन अझै बाँकी रहेको टिप्पणी गरेको छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्री प्रचण्डले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको अभिव्यक्ति दिएका थिए।
उनले बहुदलीय व्यवस्था आएदेखि नै २०४७ सालदेखि नै भ्रष्टाचारमा छानबिन गर्न माग गरेको बताए।
पार्टी केन्द्रीय समितिको बैठक सुरु हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’
ठुला व्यक्ति नामहरू पनि तानिने सम्भावना छ त्यसलाई के भन्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यसमा मेरो केही भन्नु छैन। दोषी छुट्नु हुँदैन। निर्दोष पर्नु हुँदैन।’
फिल्म त सुरु भयो भन्ने लागिरहेको छ भन्ने अर्को प्रश्नमा उनले थपे, ‘जसले फिल्म देखाउँछु भनेको त्यो चाहिँ सुरु भएको छैन। त्यसको प्रतीक्षा अझै बाँकी छ।’
धेरै ठुलो संख्यामा ठगी भएपछि अहिले छताछुल्ल भएको उनको भनाइ छ।
2046 सालदेखिकाे ठुलठुला काण्डहरुकाे फाईल खाेल्नुपर्छ अब महाकाली नदि देखि क्यान्टनमेन ( अयोग्य माओवादी लडाकु ) हुदै लाउडा जहाज देखि नेपाल अयल निगमकाे जग्गा प्रकरण , बालुवाटार जग्गा अरुण नदि , त्रिशुली नदि , ऐनसेल यस्ता अनेकौं काण्डहरुकाे फाईल खाेलि काेच्नुपर्छ 🤬🤬🤬