क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार अख्तियारले छानबिन गरोस् : ओली (भिडिओ) – Nepal Press

क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार अख्तियारले छानबिन गरोस् : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् ।

केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै राज्यको ढुकुटी अनुचित ढंगले छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार नै भएको दाबी गरे ।

उनले भने, ‘अहिले कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्ने अवस्था छ । तर, अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खोजिरहेका छन् । माओवादी केन्द्रको जसले सरकारको नेतृत्व गरिरहेको छ उहाँहरू सरकारबाट बलजफ्ती निर्णय गराउने र एक लाख ५० हजारजति कार्यकर्तालाई दिने र फेरि त्यो आफैँ लिने पहिले पनि क्यान्टोनमेन्टको सवालमा त्यस्तो भएको छ ।’

क्याटोनमेन्टको नाममा नभएका व्यक्तिको नाममा अर्बौँ पैसा घोटाला भएको बताए ।

‘राज्यको ढुकुटी अनुचित ढंगले छलछाप गरेर खल्तीमा हाल्ने कुरा भनेको भ्रष्टाचार नै हो । जो सुकैले गरेको हो । त्यो भ्रष्टाचारको बारेमा कोही बोल्न तथयार छैन । राज्यको पैसा व्यक्ति वा संस्थाले अर्बौ रूपैयाँ कुम्ल्याएका छन् । अख्तियारले होल्ड गरेर राखेको छ’ उनले भने, ‘म भन्न चाहन्छु कि खुट्टा कमाउनुहुन्छ त्यसबारे छानबिन गर्नुस् ।’

सरकारको विरोधमा बोल्नसाथ स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी गएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर