‘शक्तिकेन्द्रको प्रभावमा परेको माओवादीलाई दक्षिणपन्थी ओरालो यात्राबाट रोक्न सकिएन’ (पूर्णपाठ) – Nepal Press
ओलीको प्रतिवेदन

‘शक्तिकेन्द्रको प्रभावमा परेको माओवादीलाई दक्षिणपन्थी ओरालो यात्राबाट रोक्न सकिएन’ (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको राजनीतिक बेइमानी, अस्थिरता र अवसरबादले राष्ट्रिय राजनीतिलाई फेरि पुरानै बिन्दुमा धकेलेको निचोड प्रस्तुत गरेका छन् । माओवादी केन्द्र विभिन्न शक्ति केन्द्रहरूको प्रभावमा परेको समेत उनको आरोप छ ।

आज पार्टीको केन्द्रीय कमिटी वैठकमा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा चुनावअघि र पछिका घटनाक्रमको समीक्षा गर्दै यस्तो आरोप लगाइएको हो । नयाँ सहकार्यलाई भत्काएर फेरि पुरानै गठबन्धन स्थापित गर्ने, नेपाललाई अन्त्यहीन अस्थिरतातर्फ धकेल्न चाहने एवं मुलुकलाई शक्ति राष्ट्रहरुको स्वार्थको क्रिडास्थल बनाउन प्रयासरत विभिन्न शक्ति केन्द्रको चलखेल बढेको ओलीको दाबी छ ।

पुस २६ गते कांग्रेसबाट समेत विश्वासको मत प्राप्त गरिसकेपछि प्रधानमन्त्रीले बोली फेर्न थालेको प्रतिवेदनमा उल्लेख छ ।

‘कहिले राष्ट्रपतिका बारमो भएको एमालेसँगको पूर्वसहमतिलाई भएकै छैन भनेर झूट बोल्ने र कहिले राष्ट्रिय सहमति भनेकै कांग्रेससँगको सहमति हो भन्ने अर्थ्याउन थाले । त्यस नयाँ राजनीतिक कोर्षलाई जोगाउन हामीले हदैसम्म लचिलो भयौं । तत्कालीन सत्ता गठबन्धनभित्रैबाट राष्ट्रपतिको उम्मेदवार बनाएर भए पनि सहकार्य जोगाउन प्रस्ताव गर्यौं । तर, आफैं चरम अवसरवादबाट ग्रस्त र विभिन्न शक्ति केन्द्रहरुको प्रभावमा परेको माओवादी केन्द्रलाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा उ नेपाली कांग्रेसँग समर्पण गर्न पुग्यो,’ प्रतिवेदनमा भनिएको छ ।

माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्र पुरानै भएको ओलीले टिप्पणी गरेका छन् । गएका ६ वर्षमा एमालेबाट पटक-पटक यस खालको धोका भएको उनको भनाइ छ ।

माओवादी केन्द्र नै राजनीतिक अस्थिरताको मुख्य कारक बन्न पुगेको भन्दै प्रतिवेदनमा संसदीय अंकगणितमा प्राप्त आफ्नो संख्यालाई सत्ताको सौदावाजीका निम्ति प्रयोग गर्ने उसको व्यवहारले राजनीति थप विकृत, बदनाम र विवादित बन्न पुगेको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर