ओलीको प्रतिवेदन- पूर्वराजा उपलब्धि उल्ट्याउन लक्षित देखिन्छन्, पपुलिष्ट शक्तिले अराजकता फैलाउँछन् – Nepal Press

ओलीको प्रतिवेदन- पूर्वराजा उपलब्धि उल्ट्याउन लक्षित देखिन्छन्, पपुलिष्ट शक्तिले अराजकता फैलाउँछन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी शक्ति संविधान र लोकतान्त्रिक गणतन्त्रको असफल पार्ने शक्तिहरु सक्रिय बनेको बताएका छन् ।

केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारकै गतिविधिका कारणले विभिन्न शक्तिहरू सल्बलाइरहेका उनको भनाइ छ ।

बैठकमा ओलीले पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘दक्षिणपन्थी शक्तिसंविधान र लोकतान्त्रिक गणतन्त्रको असफलताका रूपमा चित्रित गर्दै मुलुकलाई प्रतिगामी छ। पूर्वराजाको नाममा भइरहेका निज स्वयंका र उनका आसेपासेका विभिन्न फैलाउन र आन्दोलनका उपलब्धि उल्ट्याउन लक्षित देखिन्छन् । अर्कातिर पपुलिष्ट शक्तिहरु सबै पुरानो दलहरूलाई एउटै डालोमा हालेर विरोध गर्ने काम गरिरहेका छन् । सही आधार र विकल्पविना यस्तो विरोधले समाजलाई थप अशान्त बनाउनेबाहेक कुनै काम गर्दैन ।’

कोशी प्रदेशसभाले संविधानको बढी सदस्यहरूको सहमतिबाट गरेको नामकरणको विरोधमा जातीय बहानामा आफूमाथि भएको आक्रमणको प्रयासमा राजावादी र सत्तामा रहेका कतिपय दलका कार्यकर्ताको समेत सङ्लग्नता रहेको उल्लेख गरेका छन् ।

उनले एमाले लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको रक्षाका लागि दृढ रहेको प्रतिबद्धता जनाएका छन् । त्यस्तै, वैशाख १० मा भएका उपनिर्वाचनमा संख्यात्मक क्षति बेहोर्नु नपरेपनि चितवन–२ र तनहुँ १ मा पार्टीको मतमा उल्लेखनीय कमी आउनु चिन्ताजनक विषय बताएको बताएका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘गत मंसिरमा सम्पन्न आमनिर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा (एमाले) हौँ भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर विषय हो । सम्बन्धित जिल्ला प्रदेश कमिटीले यसको गम्भीर समीक्षा गर्नुपर्छ र रहन गएका कमीहरूलाई अविलम्ब सच्याउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर