चीनले गोर्खा भर्तीको तयारी गरेको भारतीय मिडियाको दाबी – Nepal Press

चीनले गोर्खा भर्तीको तयारी गरेको भारतीय मिडियाको दाबी

काठमाडौ । भारतीय समाचार पोर्टल दि वायरले नेपाली गोर्खा सैनिकहरुलाई चीनले भर्ती गर्ने तयारी गरेको उल्लेख गरेको छ । नेपाली पक्ष तत्काल तयार भएको अवस्थामा चीनले आफ्नो राष्ट्रिय सेना ‘जनमुक्ति सेना’मा नेपाली गोर्खालाई भर्तीको तयारी गरेको दि वायरले दाबी गरेको गरेको छ ।

दि वायरका लागि राहुल बेदीले लेख्दै गोर्खाहरुको युद्धबाट प्रभावित भएको चीनले गोर्खा भर्तीको चाहना राखेको र नेपालको कम्युनिष्ट सरकारले सहमति दिएमा भर्ती थाल्ने उल्लेख गरेका छन् ।

भारतीय संस्थापनविरुद्धको समाचार पोर्टलको पहिचान बनाएको वायरले भारतको अग्निपथ स्किम बन्द भएपछि चीनको यो प्रस्तावको समाचार बनाएको छ । तर, नेपाली छलफलमा कतै नआएको चीनको गोर्खा भर्तीको प्रस्ताव कहाँ, कहिले, कसरी र कोबाट आएको बारेमा भने वायरले राम्रोसँग खुलाएको छैन ।

भारत र बेलायतसग भएको सन्धिको कारण देखाउँदै काठमाडौंले बेइजिङको प्रस्ताव अहिलेसम्म अस्वीकार गर्दै आएको वायरले लेखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर