एमालेको प्रष्टीकरण- टोपबहादुर सम्पर्कमा छैनन्, अनुसन्धानमा सघाउन निर्देशन दिँदा नआएपछि निलम्बन गर्‍यौं (भिडिओ) – Nepal Press

एमालेको प्रष्टीकरण- टोपबहादुर सम्पर्कमा छैनन्, अनुसन्धानमा सघाउन निर्देशन दिँदा नआएपछि निलम्बन गर्‍यौं (भिडिओ)

काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सचिव टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको प्रष्ट पारेको छ ।

पार्टीको केन्द्रीय कमिटीको पहिलो दिनको बैठकपछि प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सम्पर्कविहीन भएकै कारणले पार्टीले निलम्बन गरेको बताए ।

उनले भने, ‘उहाँ जुन दिनदेखि सम्पर्कमा रहनुभएन । त्यो दिनदेखि हामीलाई थाहा छैन । प्रहरीलाई थाहा भएको भए समातेर ल्याउँथ्यो होला । अस्ति सचिवालयको बैठकले नै विधि र कानूनको शासन मान्ने पार्टी भएकाले राज्यले गर्ने छानविन र अनुसन्धानमा सहयोग गर्नुपर्छ भनेको थियो । अपराधी नै भएको होइन नि अहिले त अभियोगमात्रै लागेको हो ।’

अनुसन्धानमा सघाउन पार्टीले निर्देशन दिइसकेको भएपनि अहिलेसम्म कुनै सम्पर्कमा नआएको दाबी गरे ।

उनले भने, ‘हाम्रो विश्वास र आशा छ निलम्बन फुकुवा गर्न पाइयोस् । तर, उहाँ आजसम्म सम्पर्कमा हुनुहुन्न ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर