के धर्म र अध्यात्म फरक कुरा हुन् ?
मेरो एकजना साथी हुनुहुन्छ, जो हरेक भेटमा कोसेलीका रूपमा प्रश्न लिएर आउनुहुन्छ । प्रायजसो उहाँका प्रश्नमै उत्तर रहेका हुन्छन् । एकदिन चिया खान भन्दै मट्कामा चिया पाउने पसलमा छिर्दै थियौं ।
पछाडि भिरेको झोला र हेलमेट पनि फुकाल्न नभ्याउँदै उहाँले भन्नुभयो- बिनुजी हिंसात्मक द्वन्द्वबाट आएकी एकजना कम्युनिष्ट नेत्री मेरो साथी हुनुहुन्छ । अचेल उहाँ ध्यानमा जानुहुन्छ र सामाजिक सञ्जालमा त्यसको फोटो, भिडिओ हाल्नुहुन्छ । एकदिन मैले तपाईंहरू त धर्मविरोधी अभियानमा पूरै १० वर्ष मन्दिर भत्काउँदै, ध्यान, दान, पूजा बन्द गराउँदै हिँड्नुभो, अहिले फेरि ध्यानमै आइपुग्नु भएछ त भन्दा, उहाँले धर्मको पो विरोध गरेको, अध्यात्म त सबैलाई चाहिने कुरा हो नि भन्नु भयो । के धर्म र अध्यात्म फरक फरक कुरा हुन् र ?
त्यसबेला हामी चिया पसलमा थियौं । त्यसैले मैले उहाँको प्रश्नको जवाफमा मुस्कान मात्र फर्काएँ । आज अचानक ट्वीटरको एक ग्रूपमा कम्युनिष्ट विचार बोक्ने नेताहरूले ध्यान केन्द्रमा पुगेर नाचेको भिडिओ र त्यसमा अनेक खालका टिप्पणी आएको देखेपछि केही लेखौं भन्ने लाग्यो ।
उहाँले भनेजस्तै आजकल अध्यात्म शब्दको प्रयोग यसरी गरिन्छ कि मानौं रगतले लत्पतिएको मान्छे पनि रगत पुछेर ध्यान केन्द्रले दिएको पोशाक लाएर पलेंटीमा बसेपछि ऊ आध्यात्मिक हुन्छ ।
के अध्यात्म बाहिर लगाएको वस्त्रसँग मात्र सम्बन्धित छ ? धर्म के हो, अनि अध्यात्मसँग यसको के सम्बन्ध छ ? ध्यान के हो ? जप, तपस्या र संन्यास के हुन् ? धर्म र अध्यात्मलाई किन छुट्याएर हेरिन्छ ? यस आलेखमा यिनै प्रश्नको जवाफ खोज्न धीरज, ढोङ्, ध्यान र धर्म वरपर रहेर मानिसको मनोविज्ञान केलाउने प्रयास गरिने छ ।
आलेखको सुरूमा धर्म र अध्यात्मको अर्थ हेरौं । धर्म संस्कृत शब्द हो । यो ‘धृ’ धातुबाट बनेको छ । जसको अर्थ हुन्छ धारण गर्नु । शब्दकोश अनुसार व्यक्ति या वस्तुमा सधैं रहिरहने मूल गुण, वृत्ति र प्राकृतिक स्वभाव नै धर्म हो (नेपाली बृहत् शब्दकोश, प्रज्ञा प्रतिष्ठान) ।
आजकल अध्यात्म शब्दको प्रयोग यसरी गरिन्छ कि मानौं रगतले लत्पतिएको मान्छे पनि रगत पुछेर ध्यान केन्द्रले दिएको पोशाक लाएर पलेंटीमा बसेपछि ऊ आध्यात्मिक हुन्छ ।
महाभारत भन्छ- अहिंसा परमो धर्मः अर्थात् अहिंसा नै धर्म हो । (महाभारत अनुशासन पर्व ) । महाभारतका अनुसार भौतिक (लौकिक) र पारमार्थिक (गहिरो र भित्री अनुभूति) गरी धर्मका दुईवटा फैलावट क्षेत्र हुन्छन् ।
बुद्धले अहिंसा, अचोरी, झूट नबोल्नु, व्यभिचार नगर्नु र मद्यपान नगर्नु समेत पञ्चशील (पाँच स्वभाव) लाई धर्मको लौकिक गुण भनेका छन् । मानिसको शील बाहिर देखिन्छ, त्यसैले यो लौकिक धर्म भयो । योग दर्शन अनुसार मानिसको मनलाई रागबाट छुटाएर वैराग्य या शून्यमा पुर्याएको अवस्था धर्मको पारमार्थिक किनार हो । समाजले लौकिक गुणहरू देखेको हुन्छ । तर, चित्तमा त्यस्ता गुणहरू विकास हुने प्रक्रिया देख्न सक्दैन । त्यसैले बुद्धको धम्मपद, कृष्णको गीता आदि हामी पढ्छौं र त्यसलाई धर्म भन्छौं । तर परमार्थमा धर्म भनेको चित्त भित्रको आन्तरिक घटना हो । यसबारे पाण्डुरङ्ग वामन काणेको पुस्तक ‘धर्मशास्त्र का इतिहास’ मा व्याख्या हेर्न सकिन्छ (धर्मशास्त्र का इतिहास, डा. पाण्डुरङ्ग वामन काणे, उत्तर प्रदेश हिन्दी संस्थान प्रथम खण्ड, प्रथम अध्याय) ।
पारमार्थिक धर्मलाई अझ प्रष्ट पारौं- जुन कुराले आफूलाई धारण गरेको छ, त्यो पारमार्थिक धर्म हो । जस्तै– जगतको नियमले मलाई धारण गरेको छ । किनकि उसैले दिएको प्राणमा म छु, प्राणी छ, जगत छ । मेरो इच्छाको सीमा भन्दा बाहिरबाट हरेकको ‘म’ प्रभावित भइरहेको छ । हरेकको प्राण कतिबेला निकाल्ने, राख्ने सब उसैको(चेतनाको) हातमा छ । मैले परिवर्तन गर्न सक्दिनँ । किनकि मैले जगतको नियमलाई धारण गरेको होइन । जगत्को नियम (चेतना) ले मलाई धारण गरेको छ । जसरी थोपाले समुद्रलाई होइन, समुद्रले थोपालाई धारण गरेको हुन्छ । यिनीहरूले थोरै मात्र चेतना (नियम) गुमाउने हो भने धर्म स्खलित हुन्छ ।
यो भयो धर्मको कुरा, अब अध्यात्मको कुरा गरौं । अध्यात्म अधि र आत्मा मिलेर बनेको शब्द हो । यसको अर्थ हो आत्माको अधीनमा रहनु । प्राणीको चेतन तत्व अध्यात्म हो, जसले भौतिक शरीरलाई चलाइरहेको हुन्छ । गीतामा ‘स्वभावोकध्यात्ममुच्यते’ भनिएको छ । अर्थात् आफ्नो भित्री स्वरूप या जीवात्मालाई अध्यात्म मानिएको छ । (भगवद् गीता, आठौं अध्याय )
मानिसको शील बाहिर देखिन्छ, त्यसैले यो लौकिक धर्म भयो । योग दर्शन अनुसार मानिसको मनलाई रागबाट छुटाएर वैराग्य या शून्यमा पुर्याएको अवस्था धर्मको पारमार्थिक किनार हो । समाजले लौकिक गुणहरू देखेको हुन्छ । तर, चित्तमा त्यस्ता गुणहरू विकास हुने प्रक्रिया देख्न सक्दैन ।
भौतिक पदार्थभित्र यस्तो चालक तत्व हुन्छ जो कहिल्यै नष्ट हुँदैन, यो कुरालाई बोधीहरूले आत्मा भने । जुन ज्ञानको शास्त्र हजारौं सालदेखि यहाँ पढिदै आएको छ । आधुनिक विज्ञान आज आएर घुमाउरो हिसाबले यसलाई स्वीकार गरेको छ । भर्खरै मात्र प्रतिपादन भएको क्वान्टम सिद्धान्त भन्छ- ‘हरेक पदार्थ ऊर्जाले बनेको छ । ऊर्जा नष्ट हुँदैन, त्यसको रूप मात्र बदलिने हो’ । ऋषिहरूले भन्ने आत्मातत्व (ऊर्जा) ले शरीर छोडेपछि हामी त्यसलाई मृत्यु भन्छौं । अर्थात् मत्युबाट रूपान्तरित हुने ऊर्जा आत्मा हो ।
अनि त्यस आत्मालाई बुझ्ने र हेर्ने अभ्यास ध्यान वा योग हो । यसलाई हाम्रा उपनिषद्हरूले व्याख्या गरेका छन् । भनिएको छ – ‘ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनः’ । अर्थात् योगीजनहरूले ध्यानमा रहेका बेला त्यस्तो भित्री चालक तत्वलाई देख्न सक्छन् । ध्यान मार्फत जाग्रत अवस्थाको सिर्जना र ऊर्जा शरीरको साक्षात्कार अध्यात्म हो । यो भयो पारमार्थिक धर्म वा अध्यात्म ।
अब धर्मका दुई फैलावटलाई यसरी बुझौं- आगोले डढाउँछ, त्यो उसको धर्म हो । आगोले पोल्न छोडे उसले धर्म छोड्यो । पोल्ने गुण जुन छ, त्यो पारमार्थिक भयो । अब आगोले पोल्छ भन्ने जान्ने मानिसले त्यसको प्रयोग खाना पकाउनमा गरेर धेरैलाई बचाउने काम गर्यो भने त्यो लौकिक धर्म (विवेक) भयो । समाजमा हामीले धर्मशास्त्र भनेर जे अध्ययन गरिरहेका छौं, त्यो प्रवचन सुनेर वा पढेर थाहा पाएको विवेक हो । धर्मको पारमार्थिक अनुभूति चाहिँ सम्बन्धितले मात्र गरेको हुन्छ । जस्तै तापको अनुभूति आगो स्वयंको हो र त्यसबाट निस्केको शास्त्र कोइला हो । भगवद्गीताको अनुभूति स्वयं कृष्ण हो र त्यसबाट निस्केको शास्त्र गीता हो ।
आगो या प्रकाशमा यो, यो तत्व हुन्छ र बल्छ भन्ने कुरा विज्ञानले भन्छ । त्यो ताप वा प्रकाश कहाँबाट आएको हुन्छ, बत्ती झ्याप्प निभाउँदा त्यसको प्रकाश कहाँ विलय हुन्छ भन्ने कुरा पराविज्ञान हो, त्यसबारे अध्यात्मले अनुभूति गर्छ । यसरी अध्यात्म साक्षात्कार गर्न कृष्ण, बुद्ध, महावीर, लाओत्से, अष्टावक्र जस्ता एकदमै थोरै मान्छेले मात्र सकेका छन् । राजनीतिमा लागेका, त्यसमाथि भौतिकवादी दर्शनलाई अँगाल्ने, अझ हिंसाबाट शक्ति आर्जन गर्ने दर्शन बोकेर हिडिरहेका कम्युनिष्टले अध्यात्मलाई अँगालेको छु भन्छन् भने त्यो सफेद झूट हो ।
यहाँनेर जीवनकै सबैभन्दा उँचो बोधमा तयार हुन सक्ने अध्यात्म शब्दको प्रयोग हरेकले गर्ने अवस्था कसरी आयो त भन्ने प्रश्न पनि उठ्न सक्छ । हो, आजको समाजमा आफूलाई सज्जन, परोपकारी, तपस्वी र सही देखाउन अध्यात्म शब्द अनैतिक, भ्रष्ट र अपराधीहरूले पनि प्रयोग गरेको पाइन्छ । किन भने अध्यात्म यस्तो पवित्र कुरा हो, जसको आडमा लुक्न सजिलो छ । र संन्यासी, भिक्षु वा अन्य तपस्वीका वस्त्रप्रति बनेको सकारात्मक सामाजिक भावभित्र सबै अपराध लुकाउन पनि सजिलो छ ।
कसैले वैयक्तिक रूपमा साधना गरेमा त्यो अध्यात्म हो, तर त्यसलाई अभियान बनाउन थालियो भने त्यसभित्र राजनीति छ, व्यापार छ, पाप र अपराध लुकाउने नियत छ भनेर बुझ्नु पर्छ । किनकि अध्यात्म वा धर्म व्यक्तिको आन्तरिक यात्रा हो, सामूहिक अभियान होइन । मान्छे धार्मिक भएपछि उसको व्यवहारमा आफै अध्यात्म छल्किन्छ, त्यो बेग्लै कुरा हो । एक व्यक्ति नै पुग्छ ध्यानमा तर उसले त्यो सार्वजनिक गर्छ भने ऊ पनि कुनै अभियानमा छ र त्यहाँ पनि धर्म या अध्यात्म छैन भन्ने प्रष्ट हुन्छ ।
आगोले डढाउँछ, त्यो उसको धर्म हो । आगोले पोल्न छोडे उसले धर्म छोड्यो । पोल्ने गुण जुन छ, त्यो पारमार्थिक भयो । अब आगोले पोल्छ भन्ने जान्ने मानिसले त्यसको प्रयोग खाना पकाउनमा गरेर धेरैलाई बचाउने काम गर्यो भने त्यो लौकिक धर्म (विवेक) भयो । समाजमा हामीले धर्मशास्त्र भनेर जे अध्ययन गरिरहेका छौं, त्यो प्रवचन सुनेर वा पढेर थाहा पाएको विवेक हो ।
अझ तिनीहरूले राजनीतिमा पनि अध्यात्म जोड्न सकिन्छ भनेर ओशोको नाम लिने गरेका छन् । तर, ओशोले राजनीति र धर्म (अध्यात्म) लाई जोडेर एउटै बनाउन खोजेको कहीँ पाइँदैन । त्यस्तो बाटो नभएकैले उनी त्यता लागेनन् । उनी अध्यात्ममा थिए, राजनीतिमा थिएनन् ।
खासमा अध्यात्म (धर्म) र राजनीति जाने बाटो नै विपरीत र पुग्ने ठाउँ नै अलग छ । राजनीति, र धर्म (अध्यात्म) ठीक विपरीत बाटा हुन् । राजनीति बाहिरको यात्रा हो । धर्म (अध्यात्म) आफैँभित्रको । धर्म (विवेक) ले आफैँभित्र हेर्ने हुनाले धार्मिक चित्तमा भएको व्यक्ति विश्राममा जान्छ । मतलब धर्म विवेक हो, सबैभन्दा पछि हौं भन्ने बोध हो । जसको परिणाम शान्ति हुन्छ ।
अनि राजनीति महत्वाकांक्षाले डोर्याउने वस्तु हुनाले प्रतिशोध र प्रतिस्पर्धा यसका आधार हुन् । त्यसको अन्तिम परिणाम युद्ध र विनाश हुन्छ । यसमा पनि राजनीतिले निश्चित सामूहिक अभियानमा समेट्छ । र भनाउँछ मेरो देश, मेरो धर्म, मेरो पार्टी, मेरो जात । तर धर्म वा अध्यात्मले समूहबाट अलग गरेर व्यक्तिलाई आफ्नो आन्तरिक जागृतिको दर्शन गराउँछ । राजनीति समूह तयार गर्छ जहाँ एकअर्काको गुलाम हुने बनाउने खेल हुन्छ । धर्ममा व्यक्ति स्वंयबाट पनि मुक्त हुने तयारी हुन्छ । त्यसैले धर्म र राजनीति दुई विपरीत तथा उल्टा बाटा हुन् । अझ अध्यात्म त त्यो भन्दा उँचो कुरा हो ।
पछिल्लो समयमा धर्म र अध्यात्मको आड लिएर निश्चित विचारधाराको विस्तार र निश्चित देशको साम्राज्य विस्तार गर्ने प्रवृत्ति देखिन्छ । अलौकिक शक्तिको महसुसबाहेक आफैंले निर्माण गरेका ढुंगाका मूर्तिहरूलाई भैरवी, माधवी जे जे नाम दिएर लम्पसार परे पनि त्यो राजनीति हो ।
मतलव धर्म भनेको सदाचार हो । र सदाचारी व्यक्तिमात्र धार्मिक तथा अध्यात्मिक हुन सक्दछ । विविध प्रकारका दुराचारमा फसेका र विलासी जीवनशैली भएका व्यक्ति धार्मिक हुँदैनन् । अनि धार्मिक(सदाचार)नै नभएका व्यक्ति आध्यात्मिक हुन सक्दैनन् ।
अँ यो चाहिँ हुन सक्छ कि व्याभिचारी (भ्रष्ट, अपराधी, दुराचारी) पनि एक ठाउँमा पुगेपछि अरुलाई किचेर प्राप्त पद, प्रतिष्ठा, सम्पत्तिबाट आउने अहंकारले आनन्द दिने रहेनछ भन्ने बोध गर्छ या धार्मिक बन्न सक्छ । किनकि जे कुरा पनि शुरु हुनभन्दा अघि र अतिबाट पार भएपछि पहिलेकै शुन्यमा ठाउँमा फर्कन्छ । जसरी घडिको पेण्डुलम जति रफ्तारमा दायाँ जान्छ त्यतिनै रफ्तारमा बायाँ आउने तयारी गर्छ ।
तर यहाँ त आफू जहाँको त्यहीँ रहेर राजनीति पनि आफै धार्मिक पनि आफै अनि अध्यात्मिक शुद्ध आफै भएको घोषणा गरिरहेका देखिन्छन् । त्यसैले राजनीति दुराचार, भ्रष्टाचार तथा व्याभिचार गर्ने अनि चोखो देखिन ध्यान केन्द्र पुग्ने र सामाजिक संजालमा फोटो पोष्टाउनेहरू धार्मिक या आध्यात्मिक भएको देखाएर राजनैतिक फाइदा लिन खोज्ने ठग हुन् । किनकि यिनीहरूलाई त ढोंगी भन्न पनि अनुचित हुन्छ । ढोंगी को हो भनेर गीतामा स्पष्ट भनिएकै छ-
कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् ।
इन्द्रियार्थन्विमूढात्मा मिथ्याचारः स उच्चते ।।
अर्थात् कर्मेन्द्रियहरू नियन्त्रण गरेका तर मनले इन्द्रियका विषयमा मात्र चिन्तन गरिरहने र स्वयंलाई धोका दिने पाखण्डी नै ढोंगी हुन् । भन्नुको अर्थ, ढोंगीले त आफूलाई मात्र धोका दिन्छ । तर राजनीतिमा सारा पद हत्याउन आतुरहरू अध्यात्मको शब्द प्रयोग गरेर आफूलाई र समाजलाई पनि एकसाथ धोका दिइरहेका छन् । ढोंगीले कमसेकम कर्मेन्द्रियहरूलाई त नियन्त्रण गरेको हुन्छ । तर यिनीहरू एकातिर ठूलो मन्त्रालय पारेर राज गर्ने मानसिकता, अनैतिक यौनसम्बन्धदेखि, अवैध सम्पत्ति आर्जनसम्मका सारा कुकृत्यहरू भित्रभित्रै गुपचुप रूपमा गरिरहेका हुन्छन् । अनि अर्कातिर साधु पल्टेर अध्यात्मको बर्को ओढ्न र समाजलाई फेरि धोका दिन उद्यत हुन्छन् । ढोंगी हुनु व्यक्तिगत कमजोरी हो भने, अध्यात्मका नाममा समाजलाई धोका दिनु अपराध । त्यसैले यी ढोंगी मात्र होइनन्, अपराधी हुन् ।
अहिले अध्यात्म शब्द सबैभन्दा अनैतिक, भ्रष्ट र अपराध गरेर भागिरहेका मान्छेहरू लुक्ने ठाउँ भएको छ । यिनीहरू आफ्नो कुटिल तामसी मानसिकता यथावत् राखेर, एक पोशाक भित्र छिरेर, फोटो सामाजिक सञ्जालमा आइसक्दा इमान्दार भएको भ्रम दिने माध्यम बनिदिए बापत कथित ध्यानकेन्द्रलाई गणना नै हुन नसक्ने रकम बुझाउँछन् ।
तर, के सबै ध्यान केन्द्र उस्तै छन् ? छैनन् । कति ध्यानस्थल यस्ता पनि छन् जसमा संयोगले मान्छे पुग्छन् । नाम पनि राखेका छैनन् । जहाँ रहेका तपस्वीहरू ध्यान गर्ने ठाउँ पनि बताउन चाहँदैनन् । संयोगबश जो पुग्छन् उनीहरूले ती ध्यानी, योगीको साथमा बस्न पाउँछन् र आध्यत्मिकताले पूर्ण भएर फर्कन्छन् । अनि जानेहरू पनि यो कुरा कतै प्रचार गर्दैनन् । न प्रचार गर्नुपर्ने ठान्छन् । किनकि उनीहरूले जे लिनुदिनु थियो त्यो पूरा भैसकेको हुन्छ । जोभित्र घटित हुने कुरा न देख्न जरुरी छ न देखाउन । त्यो हो संन्यास । त्यो हो ध्यान । ती हुन् ध्यानकेन्द्र । ती हुन् तपस्वी ।
यसको मतलव ध्यान केन्द्र, मन्दिर, गुम्बा, मस्जिद, चर्च गएर तस्बिर खिचाउने मात्र होइन, आफूले दान गरेको, परोपकार गरेको, उद्धार गरेको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्ने हरेक व्यक्तिहरू धार्मिक र आध्यात्मिक नभएर तिनीहरू राजनीतिकर्मी हुन् । व्यापारी हुन् । उनीहरूको उद्देश्य त्यसबाट फाइदा लिनु हो । धार्मिक वा आध्यात्मिकका निम्ति चाहिँ दान, परोपकार फगत एउटा लीला हो, त्यसबाट केही लिनु हुँदैन ।
कसैले वैयक्तिक रूपमा साधना गरेमा त्यो अध्यात्म हो, तर त्यसलाई अभियान बनाउन थालियो भने त्यसभित्र राजनीति छ, व्यापार छ, पाप र अपराध लुकाउने नियत छ भनेर बुझ्नु पर्छ । किनकि अध्यात्म वा धर्म व्यक्तिको आन्तरिक यात्रा हो, सामूहिक अभियान होइन । मान्छे धार्मिक भएपछि उसको व्यवहारमा आफै अध्यात्म छल्किन्छ, त्यो बेग्लै कुरा हो ।
अहिलेको समाजमा राजनीतिक पनि र धार्मिक पनि हुने आधार कहीँ छैन । तर सही अर्थमा धर्मको अनुसरण गर्ने व्यक्ति परमानन्दमा पुग्छ र उ जहाँ रहेपनि प्रकृति विपरित हुँदैन । असल राजनीति गर्ने व्यक्तिले पनि समाजका भौतिक आवश्यकतामा ध्यान दिन्छ । राजनीति र धर्मको यो भन्दा फरक र समान कार्यक्षेत्र छैन ।
पछिल्लो समयमा धर्म र अध्यात्मको आड लिएर निश्चित विचारधाराको विस्तार र निश्चित देशको साम्राज्य विस्तार गर्ने प्रवृत्ति देखिन्छ । अलौकिक शक्तिको महसुसबाहेक आफैंले निर्माण गरेका ढुंगाका मूर्तिहरूलाई भैरवी, माधवी जे जे नाम दिएर लम्पसार परे पनि त्यो राजनीति हो ।
नेपाल आफैँ प्राकृतिक शक्तिको केन्द्र हो । मुस्ताङको मुक्तिनाथ, ताप्जेजुङको पाथीभरा, काठमाडौंको दक्षिणकाली,गोर्खाको मनकामना, हुम्लाको त्रिपुरासुन्दरी, स्याङ्जाको चण्डीस्थान, काठमाडौंमै तलेजू भवानी, गुह्येश्वरी, अष्टमातृका जस्ता स्थापना गरिएका नभएर आफै प्रकट भएका शक्तिपीठ छन् । यी यस्ता ठाउँमा छन् जहाँ पुग्दा खुट्टाबाट एकखालको शक्ति माथि शिरमा गएको आफैँ महसुस गर्न सकिन्छ । हामीसँग पहिल्यै भैरवभैरवीस्थान छन् हामीलाई भैरवी जरुरी छैन ।
अंग्रेजीमा भन्दा राजनैतिक व्यक्ति फाइनाइट हो भने, धार्मिक व्यक्ति इनफाइनाइट हो । राजनैतिक व्यक्ति आफूलाई केन्द्र मानेर आफू वरवर सीमित मान्छे राखेर बसेको हुन्छ भने ईश्वरीय शक्ति केन्द्रमा भएर आफू परिधिमा भएको एक अनन्त प्रकाशमा छिरेको व्यक्ति धार्मिक हो ।
नेपालमा त अलिकति माथि त गुरुत्वाकर्षण न्यून भएका उचा भन्दा उचा पहाड, हिमालहरू छन् । जहाँ पुग्दापुग्दै ध्यानस्थ भएको महसूस हुन्छ । जहाँ सदियौंदेखि दुर्गा, गौरी, कालीको पूजा भइरहेको छ । तर धर्मलाई राजनीतिक उद्देश्यमा मोड्न खोज्नेहरूले यो देख्दैनन् अनि देखाउन पनि चाहादैनन् । उनीहरू आफ्नो सांस्कृतिक साम्राज्य विस्तार गर्न विभिन्न भैरवीहरूको रचना गर्छन् र राजनीतिमा आफ्ना एजेन्ट खडा गर्छन् । भैरवी निमार्ण त्यसैको एक रूप हो ।
हाम्रा मन्दिर वा पूजास्थल तयार गर्ने महर्षिहरू राजनीतिज्ञ थिएनन् । उनीहरू समाजको संरचना भन्दा आफूलाई पृथक् राख्थे । प्रायः एकान्तवास खोज्थे, भीडको प्रशस्ति खोजेर नाच्दैनथे । उनीहरू वर्षौं ध्यानस्थ हुन्थे । खोज्दैजाँदा एकान्त, पहाडका टुप्पा, हिमालका फेदमा प्रकृतिका पाँच तत्व (जल, अग्नि, वायु, आकाश, पृथ्वी) को समान प्रवाह भएका ठाउँ पत्ता लगाएर बस्थे ।
जुन प्राकृतिक ऊर्जाले भरिपूर्ण भएका ठाउँहरू हुन्थे । अनि ती ध्यानी भएका ठाउँमा कुनै न कुनै दिन मान्छेहरू पुगे । त्यहाँ पुग्दा मान्छेहरूले ऊर्जावान महसूस गरे । कालान्तरमा कतै मन्दिर बने त कतै यसै बिना मन्दिर पनि पूजा भइरह्यो । ती ठाउँ नै आजका मन्दिरहरू हुन् । यसरी बनेका हुन् ती शक्तिशाली मन्दिरहरू । कसैलाई उसको साम्राज्य विस्तार गर्न पर्यो, राजनीतिक फैलावट चाहियो र आएर मूर्ति बनाइदियो । त्यो मन्दिर हुनै सक्दैन । अनि यसरी बनेका मन्दिरहरूमा जानु, त्यस्तो अभियानमा सामेल हुनु धार्मिकता र आध्यात्मिकता हुँदै होइन ।
अंग्रेजीमा भन्दा राजनैतिक व्यक्ति फाइनाइट हो भने, धार्मिक व्यक्ति इनफाइनाइट हो । राजनैतिक व्यक्ति आफूलाई केन्द्र मानेर आफू वरवर सीमित मान्छे राखेर बसेको हुन्छ भने ईश्वरीय शक्ति केन्द्रमा भएर आफू परिधिमा भएको एक अनन्त प्रकाशमा छिरेको व्यक्ति धार्मिक हो ।
त्यसैले बुद्धले भनेको ‘अप्प दीपो भव’ र वेदले भनेको ‘अहं ब्रह्मास्मि’ को तहमा आफूलाई लिएर जाने कुरा राजनीतिबाजले गर्छ भने त्यो ढोंग हो । राजनीति समाजलाई देखाउन गरिन्छ र आध्यात्मिक बोध देखाउने कुरा नभएर आन्तरिक अनुभूति हो । हरेक व्यक्ति बोधयुक्त भएको समाजको राजनीति नैतिक हुन्छ नै, तर धर्मको राजनीतिले समाजलाई ढोंगी बनाउँछ । आजका हरेक युवाले यसको भेद बुझ्न जरुरी छ । जसले गर्दा भोलिका उम्रने समाजका बेर्नाहरू यही बोधको गुणवत्ता लिएर उम्रन सकुन् ।
निकै उत्कृष्ट र प्रष्ट बुझिने गरि लेखिएको छ।
RajNeta bhanauda haru le yo pade bhane kutchhan hola buini lai
केही कुरा चित्त बुजे धेरै बुजेनन देखाउनु,सिकाउनु,अभियान चाल्नु राजनिती र ब्यपार सबै परिप्रेक्षमा हुदैन। तपाइको रचना प्रकाशन,त्यो लेखाइ,तपाइको चिनारी राजनिती ब्यपार हो ? म नियमित सामुदायिक कुकुरलाइ भोजन गराएको फोटो पोस्ट्याउछु तर पुरस्कार,स्यबासी र तारिफको लागि होइन अरुले पनि प्राणिलाइ माया गरून् खान दिउन भन्ने प्रेरणा जागोस भनेर हो ।
समग्रमा केही अति बिबादास्पद हरफ बाहेक लेखाइ उत्कृस्ठ लागो र केही हरफ नोट पनि गरे है ।