कर्णाली करिडोरको खुलालु सडक ७ दिन बन्द हुने – Nepal Press

कर्णाली करिडोरको खुलालु सडक ७ दिन बन्द हुने

सुर्खेत । कर्णाली करिडोरको खुलालु-सल्लीसल्ला सडक योजनाअन्तर्गत कर्णाली नदीको खुलालु सडक सात दिनलाई बन्द हुने भएको छ ।

खुलालु पुलनजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले सूचनामार्फत् जानकारी गराएको छ ।

जेठ १ गते देखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक सीडीओ सरोज अधिकारीले बताए ।

सडक बन्दले कर्णाली करिडोर हुँदै कालिकोटको नहरीनाथ, सान्नीत्रिणेणी,पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगपालिका र बाजुरा र हुम्ला आउजाउ गर्ने यात्रु प्रत्यक्ष प्रभावित बन्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *