एमाले केन्द्रीय कमिटी : दोस्रो दिनको बैठक सुरू
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकअन्तर्गत दोस्रो दिनको बैठक सुरू भएको छ ।
आज मिसन ग्रासरुटको बाँकी ५ प्रदेशका रिपोर्ट प्रस्तुतिपछि ओलीको राजनीतिक प्रतिवेदन र प्रदेशगत रिपोर्टउपर ८ समूहमा छलफल हुने बताइएको छ । प्रदेशका तर्फबाट पेश भएका कार्ययोजनासमेतलाई वार्षिक कार्ययोजना बनाउन भोलि बिहान स्थायी कमिटी बैठक राखेर पुन: केन्द्रीय कमिटीको भोलिको बैठकमा कार्ययोजना प्रस्तुत गरिने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
हिजो मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले र कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गरेका थिए ।
एमाले बैठक भोलिसम्म सञ्चालन हुनेछ ।