सूर्य थापा भन्छन्- उपनिर्वाचनको नतिजाले सुधारको घण्टी बजायो (भिडिओ) – Nepal Press

सूर्य थापा भन्छन्- उपनिर्वाचनको नतिजाले सुधारको घण्टी बजायो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले उपनिर्वाचनमा पार्टीको केही मत घटेको विषयमा बैठकमा समीक्षा भइरहेको बताएका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपनिर्वाचनकाे नतिजाले सुधारको घण्टी बजाएको बताए ।

मिसन ग्रासरुट सफल नभएको उपनिर्वाचनको नतिजामा देखियो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘उपनिर्वाचन तीन क्षेत्रमा भएको हो । त्यहाँ हामीले सिट गुमाएको होइन केही भोट गुमाएको हो । हाम्रो समीक्षा छ। अध्यक्षको प्रतिवेदनमा पनि त्यही छ । हामीले १६५ निर्वाचन क्षेत्र मात्रै नभएर पालिकामा पनि छलफल गरेको छौं। मिसन ग्रासरुटलाई सदस्य तहदेखि नै अघि बढ्न झक्झकाएको छ। सुधारको घण्टी बजाएको छ ।’

उनले बैठकमा पार्टीका तल्लो कमिटीबाट आएको सुझाव र केन्द्रीय कमिटीको बैठकमा उठेको बिषयमा छलफल भइरहेको बताए ।

उनले भने, ‘पार्टीलाई भ्रष्टाचार विरोधी अभियानको अगुवा कसरी बनाउने, उत्पादनसँग कसरी जोड्ने, रोजगारीको सिर्जना कसरी गर्ने भन्ने लगायको बिषयमा छलफल भइरहेको छ ।’

जनसंगठनको विषयमा चैतभन्दा अघि चाहीँ आलोचना भएपनि अहिले सबै अधिवेशनहरु सकिएपछि नयाँ लयमा अघि बढेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर