दीपशिखाको दाबी- २० वर्षमा खोलो फर्किन्छ भन्छन्, माओवादीले आगामी निर्वाचनमा ०६४ कै साइज लिन्छ – Nepal Press

दीपशिखाको दाबी- २० वर्षमा खोलो फर्किन्छ भन्छन्, माओवादीले आगामी निर्वाचनमा ०६४ कै साइज लिन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामप्रसाद सापकोटा दीपशिखाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरुद्धको कदमले आगामी निर्वाचनमा पहिलो शक्तिको रुपमा उदाउने दाबी गरेका छन् ।

वाइसीएलले काठमाडौंमा गरेको प्रदर्शन कार्यक्रममा बोल्दै उनले नक्कली शरणार्थी प्रकरणको दोषिलाई कारबाही हुने दाबी गरे ।

उनले भने, ‘भ्रष्टाचारीहरुलाई कानुनी कारवाहीको दायरमा ल्याउने नेकपा माओवादी केन्द्रले नेतृत्व गर्छ। र सडकबाट खबरदारीको नेतृत्व पनि हामीले नै गछौं ।’

यो प्रकरणको छानबिन अघि नबढेर अलपत्र पर्यो भने तपाईंहरु के गर्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामी सडकमा आइसकेका छौं । हामी दुईवटा उद्देश्यले आएको हौं । एउटा सरकारले राम्रो काम गरेको छ समर्थनको लागि अर्को खबरदार कहीँ मिस होला गल्ती होला दबाब होला भनेर आएका छौं ।’

यो प्रकरणका दोषिलाई कारवाही गर्न सरकारलाई कसैसँग नझुक्न सडकबाट आफूहरुले खबरदारी गरेको बताए । माओवादी ०६४ मा जुन साइजमा उदाएको थियो । त्यो अहिले घट्नै घट्दै ३२ सिटमा आइपुगेको छ ।

माओवादी नेतृत्वको सरकारले चालेको यो कदमले अब कत्रो साइजमा पुग्ला भन्ने प्रश्नमा उनले भने, ‘२० वर्षमा खोलो फकिन्छ भन्छन् । ०६४ मा हामी जस्तो भएको थियौं ०८४ मा त्यस्तै हुन्छौं। खोलो फेरि फर्किन्छ ।’


प्रतिक्रिया

2 thoughts on “दीपशिखाको दाबी- २० वर्षमा खोलो फर्किन्छ भन्छन्, माओवादीले आगामी निर्वाचनमा ०६४ कै साइज लिन्छ

  1. कांग्रेस र एमाले भन्दा पनि सबै भन्दा बडि कोही भ्रष्ट छ भने त्यो माओवादी हो ।

  2. जनताले तिम्रो प्रचण्ड र तिमीहरू यो देशका सबैभन्दा ठूला भ्रष्टाचारी हौ भनेर चिनीसके । प्रचण्डले जतिसुकै नौटंकी गरे पनि जनताले पत्याउनेवाला छैनन् । शिविरकाण्ड, सिसिटिभि काण्ड लगायतका काण्डैकाण्डबाट नेताले कमाएक‍ो अलिअलि चाटन पाएकाहरू सडकमा आउँदैमा कसैले पत्याउँछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर