बाबुरामको आशंका- सरकार अस्थिर भएकाले छानबिनमा प्रधानमन्त्रीले दरो खुट्टा नटेक्लान् (भिडिओ) – Nepal Press

बाबुरामको आशंका- सरकार अस्थिर भएकाले छानबिनमा प्रधानमन्त्रीले दरो खुट्टा नटेक्लान् (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि भएको औँल्याएका छन्।

शनिवार काठमाडौंको नक्सालमा भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सहभागी भएर अस्थिर सरकार भएकाले भ्रष्टाचारविरुद्ध निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरे।

उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले बहुमत हुन पुग्दैन, अस्थिर सरकार त्यसैले आफ्नो सरकार जोगाउनका लागि कार्यकारी प्रमुखले दरोसँग कदम चाल्न सक्दैन। आशंका छ। राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीमा त्रुटि छ।’

उनले एमाले सचिव टोपबहादुर रायमाझीलाई लक्षित गर्दै अपराधी नभएर भाग्नु नपर्ने तर्क गरे। नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी फरार भइरहेको बेलामा उनले यस्तो तर्क गरेका हुन्।

उनले भने, ‘आफू अपराधी छैन भने भाग्नु पर्दैन, भागेपछि बेठिक भयो। सडक, सदन र सरकारबाट नै नागरिकले खबरदारी गर्नुपर्छ। हामीले खबरदारी गरिरहे भ्रष्टहरू छुट्दैनन्। हामीले यो गर्न सके राजनीतिक शुद्धीकरण र सुशासनको दिशामा जान सकिन्छ।’


प्रतिक्रिया

One thought on “बाबुरामको आशंका- सरकार अस्थिर भएकाले छानबिनमा प्रधानमन्त्रीले दरो खुट्टा नटेक्लान् (भिडिओ)

  1. उप चुनाव पछि प्रचण्डलाई देउवाले गलहत्याउन आँटेका थिए । त्यसबाट बच्न प्रचण्डले यो फण्डा निकालेका हुन् । यो कारवाही पुलिसको कमजोर प्रमाण, सरकारी वकिलको फितलो बहसका कारण अदालतबाट फासफुस हुनेवाला छ ।त्यसपछि प्रचण्डको पद पनि खुस्किन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर