हिरासतमा सानु भण्डारीलाई भेटेका पूर्वसभासद शेर्पाविरुद्ध पक्राउ पुर्जी
नेपाल प्रेस
२०८० वैशाख ३१ गते ११:४०
काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसभासद आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
हिरासतमा सानु भण्डारीलाई भेटेका उनीमाथी पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो । यो प्रकरणमा मुछिएका कांग्रेस नेताले शेर्पालाई भण्डारीसँग भेट गर्न पठाएको र बयानमा प्रभावित गर्न खोजेको आरोप लागेको थियो ।
शेर्पा २०७० सालमा रामेछापबाट सांसदमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर