नक्कली शरणार्थी प्रकरण : खाणसहित १२ जनालाई म्याद थपका लागि अदालत लगियो – Nepal Press

नक्कली शरणार्थी प्रकरण : खाणसहित १२ जनालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित सबै १२ जनालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले अदालतसँग थप चार दिनको समय मागिएको बताए ।

‘हामीले शनिबारदेखि गणना हुनेगरी ४ दिनको समय मागेका छौं । अहिले अदालत लगिएको छ’, उनले भने ।

यो प्रकरणमा हालसम्म सचिव टेकनारायण पान्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजीत राई, पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलगायत पक्राउ परेका छन् । टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *